कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने

October 21, 2018 at 1:10 pm Leave a comment

आफ्नो आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने 

बेइजिङ्ग : चीनले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ। यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८  गुणा ज्यादा चमकदार हुनेछ।

 

सडक बत्तीको विकल्प  

चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेन्डका अनुसार कृत्रिम चन्द्रमाका कारण सडक बत्ती अभावको समयमा पनि समाधान हुनेछ। यस चन्द्रमाको उज्यालोले सडक बत्तीको पनि काम गर्नेछ।

वुका अनुसार कृत्रिम चन्द्रमाबाट ८० किलोमिटर क्षेत्रमा उज्यालो पुग्नेछ। योजना असम्भव जस्तो लाग्नेबारे सोधिँदा वुले भने, ‘हामीले प्रविधिमा लामो समयदेखि काम गरिरहेका छौँ, अब यो परियोजना अन्तिम चरणमा पुगेको छ।’

मानिसलाई चिन्ता

कृत्रिम चन्द्रमालाई लिएर केही विज्ञ र सर्वसाधारणले भने चिन्ता जनाएका छन्। उनीहरूले यसको उज्यालोले जनावरमा नराम्रो असर पर्ने जिकिर गरेका छन्।

उनीहरूले खगोलीय घटना हेर्न पनि समस्या हुने गुनासो गरेका छन्। हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर काङ्ग विमिनले भने कृत्रिम चन्द्रमा एकदम चम्किलो नहुने र यो धमिलो प्रकाशयुक्त हुने जिकिर गरेका छन्।

पहिले पनि यस्तो कोशिश

यसभन्दा पहिले पनि प्रकाश दिने कृत्रिम वस्तु आकाशमा पठाउने कोशिश भएको थियो । तर यस्तो योजना असफल भएको थियो। यस्तो प्रयास  सबैभन्दा पछिल्लो पटक रूसले सन् २०१७ मा गरेको थियो।

१४ जुलाई २०१७ मा रूसले कजाकिस्तानको  ब्याकोनुर स्पेसपोर्टबाट अन्तरिक्षमा सोयुज रकेटबाट एक बस्तु पठाएको थियो।

यस बस्तुलाई चन्द्रमापछि सबैभन्दा चम्किलो भनिएको थियो। तर एक महिनामा नै यस परियोजनामा जोडिएका वैज्ञानिकले अन्तरीक्ष कक्षमा स्थापित हुन नसक्दा परियोजना बिफल भएको बताएका थिए।

साभार : अन्न्पुर्ण पाेष्ट

Entry filed under: अन्तरिक्ष बिज्ञान, Uncategorized.

गजल कृत्रिम चन्द्रमापछि चीन अब कृत्रिम सूर्य बनाउँदै

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

October 2018
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031