कृत्रिम चन्द्रमापछि चीन अब कृत्रिम सूर्य बनाउँदै

गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको चीनले त्यसको केहि समयमै कृत्रिम सूर्य बनाइरहेको खुलासा गरेको छ । विज्ञानको क्षेत्रमा अन्य मूलुकलाई पछिपार्न चीनले बारम्बार नयाँ प्रविधिको विकास गरिरहेको छ।

सोही क्रममा चीनले गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको थियो। मंगलबार चीनको ‘हेफी इन्स्टीच्यूट अफ फिजिकल साइन्स’ संस्थाले कृत्रिम सूर्य निर्माणको प्रगतिबारे जानकारी गराएपछि विश्वभर यस विषयले चर्चा पाएको छ।

कृत्रिम सूर्य बनाउने अवधारण सहित चिनियाँ वैज्ञानिकहरु सन् २००६ देखिनै यस कार्यमा लागी परेका थिए। यसबाट बाट स्वच्छ उर्जा उत्पादन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

कृत्रिम सूर्यको संरचना

कृतिम सूर्यको तापक्रम १० करोड डिग्री सेल्सियस सम्मको हुने जनाइएको छ। यस कृतिम सूर्य सन् २०२० मा चन्द्रमा आकाशमा राखिने अवधारणभन्दा भिन्न छ।

कृतिम सूर्यबाट संकलन भएका उर्जाले लाखौं मानिसलाई विजुलीको सुविधा दिने बताइएको छ। द ग्लोबल टाइम्स र सिसिटिभीका अनुसार कृतिम सूर्यको अवधारणा स्वच्छ उर्जा उत्पादनको विकासका लागि हो।

उर्जा उत्पादन गर्ने क्रममा वातावरण प्रदुषण हुने खतरा यसको विकासबाट टर्ने वैज्ञानिकहरुले विश्वास लिएका छन्।

साभार- अन्नपुर्ण पाेष्ट

 

 

November 15, 2018 at 9:05 am Leave a comment

कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने

आफ्नो आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने 

बेइजिङ्ग : चीनले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ। यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८  गुणा ज्यादा चमकदार हुनेछ।

 

सडक बत्तीको विकल्प  

चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेन्डका अनुसार कृत्रिम चन्द्रमाका कारण सडक बत्ती अभावको समयमा पनि समाधान हुनेछ। यस चन्द्रमाको उज्यालोले सडक बत्तीको पनि काम गर्नेछ।

वुका अनुसार कृत्रिम चन्द्रमाबाट ८० किलोमिटर क्षेत्रमा उज्यालो पुग्नेछ। योजना असम्भव जस्तो लाग्नेबारे सोधिँदा वुले भने, ‘हामीले प्रविधिमा लामो समयदेखि काम गरिरहेका छौँ, अब यो परियोजना अन्तिम चरणमा पुगेको छ।’

मानिसलाई चिन्ता

कृत्रिम चन्द्रमालाई लिएर केही विज्ञ र सर्वसाधारणले भने चिन्ता जनाएका छन्। उनीहरूले यसको उज्यालोले जनावरमा नराम्रो असर पर्ने जिकिर गरेका छन्।

उनीहरूले खगोलीय घटना हेर्न पनि समस्या हुने गुनासो गरेका छन्। हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर काङ्ग विमिनले भने कृत्रिम चन्द्रमा एकदम चम्किलो नहुने र यो धमिलो प्रकाशयुक्त हुने जिकिर गरेका छन्।

पहिले पनि यस्तो कोशिश

यसभन्दा पहिले पनि प्रकाश दिने कृत्रिम वस्तु आकाशमा पठाउने कोशिश भएको थियो । तर यस्तो योजना असफल भएको थियो। यस्तो प्रयास  सबैभन्दा पछिल्लो पटक रूसले सन् २०१७ मा गरेको थियो।

१४ जुलाई २०१७ मा रूसले कजाकिस्तानको  ब्याकोनुर स्पेसपोर्टबाट अन्तरिक्षमा सोयुज रकेटबाट एक बस्तु पठाएको थियो।

यस बस्तुलाई चन्द्रमापछि सबैभन्दा चम्किलो भनिएको थियो। तर एक महिनामा नै यस परियोजनामा जोडिएका वैज्ञानिकले अन्तरीक्ष कक्षमा स्थापित हुन नसक्दा परियोजना बिफल भएको बताएका थिए।

साभार : अन्न्पुर्ण पाेष्ट

October 21, 2018 at 1:10 pm Leave a comment

गजल

नखोज मसित अब खुशी म तनाब मा छु
चाहिन्न कस्लाई धन सम्पती म अभाब मा छु।

भित्र भित्र रित्तिसके देखाको छैन कसैलाई
नठान मलाई तिमी पनि म रवाब मा छु।

थाकिसके चाहना र ईच्छ्या पूरा गर्दा गर्दा
ठान्यौ होला तिम्रो प्रश्नको म जवाफ मा छु।

फिका फिका लाग्छ अब ती मुस्कान पनि
भ्रममा नपर तिम्रो जादुको म प्रभाब मा छु।

-चिजु श्रेष्ठ, चितवन

May 25, 2017 at 9:41 pm Leave a comment

गजल

जिन्दगीकाे यात्रामा याे साथीकाे भर भएन
असंख्य चाहना हुदा हुँदै पनि रहर भएन ।
रमाउथे कति म तिमी सित बिपनिमा
मैले देखेकाे जस्ताे अब यहाँ शहर भएन ।
कति रात काटे प्रतिछ्या मा तिम्राे
राम्ररी निदाएकाे मेराे कुनै प्रहर भएन ।
दिक्क लागिसक्याे अब जिन्दगी देखि साथी
मैले खाेजेकाे जस्ताे सायनाईड जहर भएन ।
-चिजु श्रेष्ठ, चितवन

April 25, 2017 at 8:36 pm Leave a comment

Coming Back Soon

Due to my personal reason I Can’t Update my blog regularly, so very much sorry to my subscriber, reader and my friends. I am trying to be regular it very soon. Thank you.

December 6, 2016 at 12:02 pm Leave a comment

Concept of twirling battery????

In the market we’ve seen plenty spinning, twirling, and wind-up gadgets like radio, cassette player, LEDs n fluorecent torch, Mp3 and many more devices , but nothing quite like this battery concept designed by Song Teaho and Hyejin Lee. While there’s still a bit of work to be done with the actual “working” part, the concept is to simply let you twirl your cellphone battery around your finger a few times for a quick bit of juice to send a text or make a call — the designers estimate 130 twirls will give you two minutes of talking time. 

Of course, the same idea could also be applied to batteries for other devices, although you’d probably have your work cut out for you trying to charge your laptop battery.

January 12, 2010 at 1:13 pm Leave a comment

What would Earth looks? if it had rings like saturn

What would Earth look like if it had rings like Saturn? Watch this Video.

This animation was done by Roy Prol, and it shows not only how the rings would look from space, but also the view Earthlings would have of the rings. Prol says the ring views from Earth’s surface were created according to the location’s latitude and the viewer’s orientation, and that the size of the rings was calculated respecting the Roche limit for the Earth. A very intriguing concept, and the video is very well done. The only bad thing about Earth having rings is that we probably wouldn’t have our Moon, and we wouldn’t have just found water on it!

November 24, 2009 at 2:49 pm 2 comments

बादल माथी बाट मेरो जन्मभुमि

CIMG1832

धेरै दिन भयो ब्लग अपडेट गर्न नपाएको,

त्यसैले नेपाल आउँदा बादल माथी बाट (प्लेन बाट)

देखिने मेरो देशका हिमशृन्खला, पहाड अनि तराई का रमणिय फोटो राख्दै छु । (more…)

September 18, 2009 at 3:31 pm 3 comments

गजल

सिमलको भुवा सरी मन उड्न थालेको छ
अर्थहिन जीवन देखी थकाइ लाग्न थालेको छ।

कहिल्यै नमेटिने भो चोट यो मनमा लागेको
सायद त्यसैले होला मन भाग्न थालेको छ।

स्वच्छ हृदयमा बास बस्न खोज्दा खोज्दै
आफैलाई छली अन्तै डेरा सर्न थालेको छ।

भन्ने गर्थे बुढापाकाले मनको कुनै भर हुन्न
बाध्यता र भोगाईले बिश्वास लाग्न थालेको छ।

गार्हो हुन्छ भन्थे जिउन मन मुटु छुट्टिएर
तिम्लाई छोडी यो मुटु फेरी डेरा खोज्न थालेको छ।

संजिता, चितवन

Bookmark and Share

September 1, 2009 at 8:19 pm 4 comments

Salinomycin:Newly discovered Anti-cancer compound

A new study conducted on mice has uncovered a chemical compound that effectively targets cancer stem cells – the key cells that spread malignant tumours and are usually resistant to treatment.

In a study published in Thursday’s edition of the journal Cell, a group of medical researchers said they had discovered that a compound called salinomycin targeted cancer stem cells directly. (more…)

August 16, 2009 at 9:00 pm Leave a comment

Older Posts


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031