Archive for September 5, 2008

स्तन क्यान्सर पुरुषलाई पनि!!!!!!

पुरुषमा स्तन क्यान्सर । सुन्दा अप्ठ्यारो लागे पनि अज्ञानता र हेलचेक्र्याइ“का कारण यो रोगबाट पीडित हुने पुरुषको संख्या बढ्न थालेको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षता तीस जनाको स्तन क्यान्सरको शल्यक्रिया गरिएकामा दुइ जना पुरुष थिए । मुलुकमा पुरुषलाई हुने स्तन क्यान्सरबारे आधिकारिक तथ्यांक छैन ।

‘पछिल्लो केही वर्षेखि पुरुषमा समेत स्तन क्यान्सरको समस्या देखिएको छ । बर्षेनी एक प्रतिशतका दरले बृद्धी देखिएको छ,’ अस्पतालका क्यान्सर शल्यचिकित्सक ऋषिकेशनारायण श्रेष्ठ भन्छन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक दशकमा स्तन क्यान्सरले पीडित २० पुरुषले उपचार सेवा लिएको कार्यकारी निर्देशक एवं शल्यचिकित्सक भक्तमान श्रेष्ठ बताउ“छन् । उनका अनुसार ३७ वर्षा युवकदेखि ८० वर्षा वृद्घसम्म स्तन क्यान्सरको उपचार गराउन आएका छन् ।

पुरुषमा हुने स्तन क्यान्सरका कारण भने विश्वमै पत्ता लाग्न सकेको छैन । ‘जीवनशैलीमा परिवर्तन, औसत आयु लम्बिनु, रक्सी सेवनलगायत थुपै्र कारणले यो रोग बढ्दो क्रममा छ,’ श्रेष्ठ भन्छन् । यसको विश्वव्यापी रूपमा अनुसन्धान जारी छ ।

अमेरिकन क्यान्सर सोसाइटीको अनुमानअनुसार अमेरिकामा सन् २००८ मा एक हजार ९ सय ९० पुरुषलाई स्तन क्यान्सरको उपचार गरिनेछ भने यो वर्ष४ सय ५० को स्तन क्यान्सरले मृत्यु हुनेछ । 

अमेरिकाकै नेसनल क्यान्सर इन्स्िटच्युटको अनुमान अनुसार सय स्तन क्यान्सरका रोगीमध्ये ९९ महिला र एक पुरुष छन् । महिलाको दा“जोमा पुरुषमा यो सय गुना कम पाइन्छ ।

पुरुष स्तन क्यान्सरको सुरुका लक्षण मुन्टोको आकार ठूलो हुनु, स्तनमा गा“ठो बन्नु र थिच्दा दुख्नु हो । प्रारम्भिक अवस्थामै पत्ता लागे निको पार्न सकिने श्रेष्ठले बताए ।

स्तन क्यान्सरको पारिवारिक इतिहास भएका पुरुषले साना गा“ठो देखिए तुरुन्त चिकित्सकको सल्लाहमा ‘मेमोग्राफी’ र ‘बायोप्सी’ गराउनुपर्ने सुझाव उनले दिए । अन्य क्यान्सरभन्दा स्तन क्यान्सरको उपचार धेरै सस्तो रहेको समेत उनले जानकारी दिए ।

September 5, 2008 at 12:05 am Leave a comment


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

September 2008
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930