R-CD लाई कसरी धेरै पटक प्रयोग गर्ने ?

 

हामी कुनै फाइल राख्नु पर्‍यो भने र फेरी फाल्नु पर्‍यो भने RW-CD प्रयोग गर्छौ । तर साधारण R सिडी लाई पनि हामी धेरै पटक प्रयोग गर्न सक्छौ । हामी सँग भएको R ७०० mb को सिडी मा धेरै फाईलहरु  पछी सम्म राख्न सक्छौ र यसलाई मेटाउन पनि सकिन्छ ।  अब सुरु गरौ – पहिला नेरो प्रोग्राम खोलौ । त्यस पछी Make data disk मा क्लिक गरौ । यस पछी तल दिएको चित्र आउने छ ।

यसमा तपाईंलाई चाँहीएको फाइल हरु Add गर्नुहोस् । अहिले हामीले १०० mb फाइल भरेर ६०० mb खाली स्पेस राख्न सक्छौ । र पछी आफुलाई चाँहीएको बेला फेरी भर्न सक्छौ । फाइलहरु Add गरी सके पछी Next मा क्लिक गरौ । Next मा क्लिक गरेपछी तल दिएको चित्र जस्तो आउने छ ।

अब Allow files to be added latter ( multisession dics) मा select गरौ। र Burn गरौ। यसरि नै पछि सम्म हामिले एउटै R सिडि धेरै पटक प्रयोग गर्न सक्छौ।

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed