मिर्गौला रोगबाट बच्न खाने सोडा खाने गरौ ।

July 19, 2009 at 5:15 pm 2 comments

baking-soda

सोडियम बाई-कार्बोनेट (खाने सोडा) को दैनिक प्रयोगले अप्रत्यासिक रुपमा मिर्गौला रोगी लाई फाईदा पुग्ने कुरा हाल सालै गरिएको एक बैज्ञानिक अनुसन्धानले देखाएको छ । हरेक बर्षा मिर्गौला दाताको अभावमा सयौको सन्ख्यामा मिर्गौला रोगीहरुको मृत्‍यु हुने गरेको तथ्यान्क हामीहरु सँग छ ।

कम बाइ-कार्बोनेट् (Metabolic Acidosis) स्तर भएका मिर्गौला रोगीहरुमा डाक्टरहरुले उक्त उपचार बिधी सुरु गरेका हुन । रोयल लन्डन हस्पिटल का अनुसन्धानकर्ता हरुले १३४ जना मिर्गौला रोगीहरुलाई दैनिक थोरै मात्रामा खाने सोडा लगातार १ बर्ष सम्म खुवाएर उक्त अनुसन्धान थालेका थिए ।

खाने सोडा दिइएको बिरामिहरुमा नखाने बिरामीहरुको तुलना मा मिर्गौलाले राम्रो काम गरेको निर्क्योल उक्त अध्ययन प्रतिबेदनले देखाएको छ ।

मिर्गौला रोगीहरुले मिर्गौला उपचारमा हुने उपचार पद्धती डायलासिस अनि मिर्गौला प्रत्यारोपण जस्ता अति खर्चालु उपचार बाट बच्न दैनिक सोडियम बाई-कार्बोनेट चक्की खानाले फाईदा पुर्‍याउने कुरा अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी ले जनाएको छ ।

हाम्रो देशमा पनि अहिले निक्कै मिर्गौलाका रोगीहरु देखिन थालेका छन। हाम्रो जस्तो देशमा यसको उपचार पद्धती अति महँगो र सर्वसाधारणको पहुच भन्दा बाहिर भएको हुँदा किन हामी पनि प्रयोग नगर्ने ? किन ढिला गर्ने ?

खाने सोडा जो हाम्रो बजारमा त्यती महँगो पनि छैन र सजिलै जताततै उपलब्ध हुने हुँदा आजै देखी यस्को प्रयोग थालौ र केहि हद सम्म भएपनी मिर्गौला रोग बाट बचौ र बचाउन मद्दत गरौ ।

Bookmark and Share

Advertisements

Entry filed under: Health, knowledge.

Total solar eclipse 2009 july 22 Okinawa Churaumi: World’s second largest Aquarium

2 Comments Add your own

  • 1. हावा DE WIND  |  July 22, 2009 at 3:47 pm

    रोचक जानकारी प्रस्तुत गर्नुभकोमा चीज जी लाई धन्यवाद

    अनी ब्रो, नून संगै खाने सोडा पनि खान थालेपछि झनै बिगार त गर्दैन ? नून को साटो मा खाने भनेको हो कि ? कती मात्रा खाने होला ? खाने सोडा त अचेल धेरै जसो बजारको खाना, बेकरी, र बिस्कुट मा हालेकै हुन्छ नि …

    फेरी प्रयोगसाला को अध्ययन र दैनिक जीवन मा फरक पनि त हुन्छ होला

  • 2. राजेश बुढाथोकी  |  July 24, 2009 at 10:48 am

    मलाई त सोडा हालेको खानाहरु मनै पर्दैन थियो । तपाईको यो टाँसोले बढो बहुमुल्य जानकारी दियो मलाई । अब खाने बानी बसाल्नुपर्छ होला । धन्यवाद टाँसोको लागि ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी
    पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका थलो चिनाउन आयोजना गरिने वार्षिक मेलामा नेपाली सांस्क्रितिक ग्रिहले यो पटक नेपालका बिभिन्न लेखकका थरिथरिका पुस्तकहरु प्रद्र्शनी गर्ने […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • बिदामा के गर्ने?
    यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगल […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

July 2009
M T W T F S S
« Jun   Aug »
 12345
6789101112
13141516171819
20212223242526
2728293031