तन्द्रा

June 21, 2009 at 5:49 pm 4 comments

moonsleep

आशाहरु क्षीण हुँदै जाँदा
आकांक्षाहरु संकुचित हुँदै जाँदा
भावनाहरु बिस्तारै मेटिदै गए झै लाग्छ
तरंगहरु शिथिल भए झै लाग्छ
जीवनको  बिविधताबाट,
आफुलाई अलग पाउछु
मानिसको भिड्मा,
आफुलाई एक्लो पाउछु
तथापी,
प्यासी नयन्
तिम्रो एक झलकको लागी भौतारिरहेको हुन्छ
थाहा छ,
हाम्रो सामिप्य दुर्लभ भैसकेको छ
तिम्रो संगीतमय स्वर कोलाहल मा बिलिन भैसकेको छ
तैपनी मन मान्दैन,
लाग्छ
तिमी वरपर नै छौ
हरदम तिम्रो उपस्थिती को आभास हुन्छ
पंक्षीको मृदुल स्वरमा तिम्रो आवाज गुन्जिरहेको भान हुन्छ
तन्द्रा बाट झल्यास्सँ ब्युँझन्छु,
स्वपनमहल क्षण भर मै चकनाचुर हुन्छ
पुन: एकांकीपनले सताउन थाल्छ
फेरी बिहानी हुन्छ,
अनी दिन….. निरस कठोर दिन….   उफ्…..
किन किन,
आजभोलि उज्यालो देखी डर लाग्न थालेको छ
मेरो लागी यो रात कहिल्यै नसिद्धिए हुन्थ्यो,
सपनामा जिउने बानी परेर होला,
मलाई रात प्यारो लाग्न थालेको छ ।

रुपेन्द्र कर्माचार्य
रत्ननगर, चितवन

Advertisements

Entry filed under: आगन्तुकको कलमबाट, कबिता.

Sayonara Kaguya ( さよなら かぐや) पप सम्राट ज्याकसनको निधन

4 Comments Add your own

  • 1. DN Aryal  |  June 23, 2009 at 4:48 pm

    Tapain lai raat pyaro rahechha, malai bhane tapain ko tandra pyaro lagyo…….. very nice……………….

  • 2. राजेश बुढाथोकी  |  June 24, 2009 at 2:05 am

    ‘तन्द्रा’ राम्रो लाग्यो । ब्लग पनि राम्रो लाग्यो ।

    चीजु जी खै तपाईको छिमेकमा ”ब्लग लिष्ट”मा म छुइन त ? सम्बन्ध एकतर्फी मात्र हो ? मैले तपाईलाई एड गरिसकेँ ।
    http://www.onlinekhaskhas.blogspot.com

  • 3. Khetraj  |  June 24, 2009 at 8:15 pm

    malai bhane tinai jana mitra haru dherai man pareko 6… rupendrajile yeti bhabanatmak rachana garnu bhayekoma, chijuji le yeslai aafno blogma rakhnu bhayekoma ra DN ji le comment lekhnu bhayekoma.

  • 4. cheeju  |  June 28, 2009 at 10:20 pm

    कमेन्टको लागी डि एन जी, मैनाली जी र राजेश जी लाई धन्यबाद । राजेशजी मैले पनि तपाईंलाई छिमेकिको लिस्ट मा राखिसके ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • आप्रवासी कामदारको न्यायिक अवस्था
    -धरम के.सी. / सउदी अरेबिया हरेक बर्ष डिसेम्बर १८ मा “आप्रवासी कामदार दिवस” मनाइन्छ । यो दिवस हाम्रै अधिकार, न्याय र सुरक्षा हेर्न आउँछ भन्ने नै कति आप्रबासी कामदारलार्इ थाहा होला कि नहोला ? सचेतनाले अधिकार देखाउँछ । अधिकार मिल्दा न्यायको मार्ग प्रसस्त हुन्छ । न्याय पाए उद्धार र क्षतिपूर्ति सुविधा पनि पाइन्छ भन्ने सत्यमा आस्था, […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • An error has occurred; the feed is probably down. Try again later.

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

June 2009
M T W T F S S
« May   Jul »
1234567
891011121314
15161718192021
22232425262728
2930