जगदिश दाइको अन्तमर्न

नोभेम्बर 16, 2008 at 7:59 अपराह्न टिप्पणी छोड्नुहोस्

-जीवा लामिछाने

जगदिश घिमिरेको बहुचर्चित अन्तर्मनको यात्राबारे एउटा पुस्तक समीक्षा गर्न मन लागेको थियो। तर कहिले व्यस्तता त कहिले आलस्यले गर्दा त्यो धोकोमै सीमित रह्यो। अब त धेरैले त्यो उत्कृष्ट पुस्तकका बारे लेखिसकेको हुँदा मेरो त्यो योजना असान्दर्भिक भइसकेको छ। उहाँसँग पो सीमित जिन्दगी भएकोले हातै नचल्दा पनि केही लेखिहाल्नुपर्ने र शरीरै नउठ्दा पनि केही गरिहाल्नुपर्ने हतार थियो। मलाई भने डाक्टरले जीवनको सीमा नतोकेकाले समयप्रति बडो निरपेक्षता छ, कुनै झ्टपट छैन। त्यसैले अन्तर्मनको यात्रा ले मेरो मनमस्तिष्कमा, जीवनजगतप्रतिको बुझ्ाइमा नै हलचल ल्याइदिँदा पनि मैले त्यो पुस्तकको बारेमा आफ्ना अनुभूतिहरूलाई लिपिबद्ध गर्ने जाँगर जुटाउन सकिनँ। एउटा मौका गुमेकोमा पछुतो लागिरहेको छ।

यसबीचमा मैले आदर गर्ने साहित्यकारहरूको एउटा सानो जमघटमा जगदिश दाइसँग भेट हुने सौभाग्य प्राप्त भयो। पत्याउनै गाह्रो भयो त्यस्तो मृदु मुस्कान र सेन्स अफ ह्युमर भएको असल मान्छेलाई नियतिले माइलोमारुपी समयसीमा तोकिदिएको छ भनेर। जीवनको प्रताडनाप्रति उहाँमा न कुनै भावुकता देखियो, न कुनै पश्चाताप। उहाँको अन्तर्मनमा अब आसक्तिपूर्ण जीजिविषा नहुन सक्छ तर हाम्रो भेटमा त्यसको कुनै छनक देखिएन। भावनाका सबै आरोह-अवरोहलाई भोगेर मुक्ति पाएको कुनै साधुको प्रवचन सुनै झ्ैं उहाँको वक्तृत्वकलाले सम्मोहित हुँदै धेरैबेरसम्म हामी उहाँको एकालाप सुनिरह्यौं। मैले भने उहाँले त्यही भेटमा हस्ताक्षर गरेर दिएको अन्तर्मनको यात्राका पानाहरू पल्टाइरहेँ र मनले पनि घरी-घरी त्यसभित्र डुबुल्की मारिरह्यो।

घरी-घरी नेपालकै गाउँ, हिमाल, वन-पाखा र साथीमाझ् फर्कन चाहने मन एवं सहज जीवनको आदतले विदेशमै बसिरहन चाहने सुविधाभोगी शरीरबीचको कहिल्यै समाप्त नहुने अन्तर्द्वन्द्वले उद्वेलित मजस्ता गैरआवासीय नेपालीलाई अन्तर्मनको यात्राले वास्तवमा एउटा चुनौती दिएको छ। तिनै गाउँ, वन-पाखाले बोलाउन थालेपछि कति सहजै जगदिश घिमिरे लण्डनको घरबार, सुख-सयल, पाउण्ड पकाउने जागिर, छोराछोरीलाई राम्रो स्कूल-कलेजमा पढाउने अवसर आदि असीमित सम्भावनालाई लत्याएर नेपाल फर्किए! म भने चितवनको गाउँमा रमाउन चाहने मनको उहापोहलाई सुविधा खोज्ने शरीरको विवशताले जबरजस्ती दबाएर २३ वर्षदेखि मस्को शहरमै छु। मजस्ता पश्चिमी समाजमा उपलव्ध यावत् भौतिक सुखलाई चटक्क छोड्ने आत्मविश्वास समेट्न नसकेका धेरै नेपाली छन् विदेशमा। आफ्ना छोराछोरीले विदेशी भाषामा बोलेको र विदेशीकै संस्कारले प्रभावित हुँदै नेपाली संस्कृतिलाई विस्तारै बिर्संदै गरेको देखेर ती यदाकदा स्तव्ध हुन्छन्, नेपाली भेलाहरूमा साथीभाइसँग त्यसैको दुःखेसो पोखिरहन्छन् तर जगदिश दाइ जस्तो भौतिक सुख-सुविधा र अर्थोपार्जनको अनन्त यात्रालाई चटक्क छोडेर हिँड्न सक्दैनन्। उहाँले लेखे झ्ैं “जीवन आखिर धान्ने प्रक्रिया रहेछ। जसले जसरी सक्छ त्यसैगरी धान्छ।”

जगदिश घिमिरेले भने लण्डनको सुरक्षित जिन्दगीको तुलनामा नेपालमै समाजसेवाको जोखिमपूर्ण बाटोलाई रोजेर आफ्नो जीवनलाई धान्ने प्रक्रियाको चक्रबाट मुक्त गर्न खोजेको देखिन्छ। आ-आफ्ना जन्मस्थानमा लोककल्याणका केही काम गरौं भनेर गैरआवासीय नेपाली संघले पनि विदेशमा बस्ने नेपालीलाई आह्वान गरेको हुँदा उहाँको तामाकोशी सेवा समाज (तासेस) का अनुभवहरू मलाई निकै प्रेरक लागे। सन् १९९० को परिवर्तनपछि च्याउ उम्रेझै उमि्रएका अधिकांश गैरसरकारी संस्थाहरूले अपयश कमाएको पृष्ठभूमिमा उहाँले तासेसलाई एउटा अनुकरणीय संस्थाको रूपमा स्थापित गर्न गरेका प्रयासहरू आफ्नै गाउँठाउँको विकासमा केही योगदान दिन चाहानेहरूका लागि निकै प्रेरणादायक छन्। इमानदार भएर काम गर्न नेपालमै प्रसस्त सम्भावनाहरू छन् र निष्ठापूर्वक लाग्नेहरूका लागि सहयोगी हातहरूको खाँचो छैन भन्ने कुरा तासेसले हामी सबैलाई राम्ररी देखाइदिएको छ।

व्यक्तिगत जीवनका प्रेरक प्रसङ्गले आत्मवृत्तान्तको आभास गराए पनि गहिरो दर्शनले भरिएको उहाँको पुस्तक निकै शिक्षाप्रद छ। खुसवन्त सिंह, नेल्सन मण्डेला, विल क्लिन्टन, गणेश रसिक र विशेषगरी धच गोतामेले मलाई आत्मपरक कृतिहरूको चस्का लगाइदिएका छन्। जगदिश घिमिरेको आत्मालाप पनि मेरा लागि त्यही कोटिको उत्कृष्ट साहित्य बनेको छ। समाज, देशकाल, परिस्थितिका अनेक रोचक प्रसङ्गहरूले भरिएको उहाँको कृति हाम्रो सामाजिक र राजनीतिक रुपान्तरणको एउटा अभिलेख जस्तो पनि लाग्छ। उहाँ कवि पनि भएकोले पुस्तकको भाषामा कवितात्मक ढाँचाको मिठास छ। राजनीतिबाट विरक्तिएको नागरिकको निराशालाई उहाँले तिखो दर्शनको माध्यमद्वारा प्रस्तुत गर्नुभएको छ, जसले घरी-घरी पाठकको चेतनामा प्रहार गरिरहन्छ। “मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक। पशुजगतमा त्यो हुँदैन। त्यस मानेमा मान्छेभन्दा पशु श्रेष्ठ हो” भनेर आक्रोश पोख्ने जगदिश दाइले आफ्नो लेखाइमा पूर्ण इमानदारिता प्रस्तुत गर्नुभएको देखिन्छ। संस्मरण लेख्ने काम छुच्चो र असाध्यै दुष्कर भएकोले जो कोहीले यो लेख्नै सक्दैन भन्ने मेरो मान्यता छ। इमानदारीपूर्वक लेख्न बसेपछि आफ्नै स्वजन, इष्टमित्र तथा साथीभाइका बारेमा पनि अप्रिय कुराहरू बिना हिच्किचाहट लेख्नु लेखकीय धर्म हो। यस अर्थमा अन्तर्मनको यात्राका लेखकले आफ्नो धर्मको प्रशस्त निर्वाह गरेको आभास हुन्छ।

मृत्युलाई त्यति नजिकबाट देखेर पनि उहाँमा मृत्युबोधको कुनै लक्षण नदेख्दा सामाजिक सेवाको दृढ इच्छाशक्तिले असाध्य रोगलाई जितेको आभास हुन्छ। वास्तवमा उहाँको कृतिभरि निजी पीडा पटक्कै देखिन्न, पुस्तकका पानाहरू तासेसलाई स्थापना गर्दा भोगेका सार्वजनिक पीडा र समग्र मुलुकको दुर्दशाको पीडाले भरिएको छ। उहाँसँगको भेटभरि उहाँले माइलोमा माथि सधैंको लागि विजय प्राप्त गरेको भ्रम भइरह्यो र मैले त्यही नै यथार्थ भइदिए पनि हुन्थ्यो भनेर ईश्वरसँग प्रार्थना गरिरहें, अझ्ै गरिरहेको छु।

(लेखक गैरआवासीय नेपाली संघका रूस प्रतिनिधि हुन्।)

साभार – हिमाल 

Entry filed under: यताउता को कुरा. Tags: .

Divorce Cake!!! के साच्ची कै यती छ र ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • ईटालीको ब्यापारिक मेलामा नेपालीपनि
    इटालीको उत्तरपूर्वी शहर पादोभा संपन्न छ । सुसंस्क्रित छ । यहाँ वार्षिक रुपमा ब्यापारिक मेला लाग्छ । अहिले एशियाली अर्थात तिनको भाषामा ओरिएन्टल मेला लागिरहेको छ । यसको अर्थ एशियाली हस्तकला, संस्क्रिति र ब्यापारिक सामग्रिलाई प्रोत्साहन गर्ने, चिनाउने हो । यसमा थोरै नेपालीले भाग लिएका छन् । एभेरस्ट क्राफ्टका तर्फबाट एन आर एन स्विजरल्याण्डका पूर्व […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

नोभेम्बर 2008
M T W T F S S
« Oct   Dec »
 12
3456789
10111213141516
17181920212223
24252627282930