सजिवन ऊर्जा: आजको आवश्यकता

नोभेम्बर 8, 2008 at 6:23 अपराह्न टिप्पणी छोड्नुहोस्

सजिवनको तेलले गाडी चल्यो’  वर्तमान नेपालका लागि ज्यादै महत्त्वपर्ूण्ा समाचार हो यो । डिजलको विकल्पमा अर्काे र्सवसुलभ इन्धनको आविष्कार र विकास नभएसम्म हाम्रा लागि सजिवन भरपर्दाे ऊर्जा हुनेछ । र, किसानको  राम्रो आयस्रोत बन्नेछ । सजिवनको तेलले ट्याक्टर गुडाउने सफल प्रयोग गरेकामा पाल्पाली केशव कार्कीलाई धेरै बधाई † उनका पनि पे्ररक रूपन्देही मणिग्रँमका प्रयोगकर्ताको नाम प्रचारमा आएन उनलाई अघिल्लो बधाई †नेपालमा सजिवन इन्धनको परिकल्पना र अनुसन्धान झन्डै दर्ुइ दशकअघि त्रिविअर्न्तर्गत ‘रिकास्ट’ ले शुद्ध गरेको थियो । केही वर्षछि बुटवल टेक्निकल इन्स्िटच्युटका इन्जिनियर रामेश्वर महर्जनले सजिवन तेलले डिजलको काम गर्ने ल्याब परीक्ष्ँणबाट प्रमाणित गरेका थिए ।

  ०५५ तिर रिकास्टले वैदेशिक सहयोगको परियोजनामार्फ विस्तृत अनुसन्धान गरी स्थिर अवस्थाको डिजल इन्जन सजिवन तेलले सफलतासाथ सञ्चालन गर्‍यो । मोहनविक्रम ज्ञवाली निर्देशक भएका बेला र्सवज्ञरत्न तुलाधर र सुशील बज्राचार्यको विशेष परिश्रमले पहिले पा“च घन्टा अनि पैतालीस घन्टा लगातार इन्जिन चलाउन सफल भएको, त्यसले इन्जिनमा कुनै नकारात्मक प्रभाव नपारेको र पर्यावरण प्रदूषण पनि नगरेको समाचार आएको थियो । अहिले रिकास्टमा सर्म्पर्क गर्दा त्यसपछि आठ सय घन्टा इन्जिन चलाएको सूचना पाए“ । त्यसबेला सडकमा गाडी चलाएर तेलले इन्जिनमा पार्ने प्रभाव, गाडीको गति आदि परीक्ष्ँण भएको थिएन ।

बायो डिजलको सफल परीक्षणपछि रिकास्टले सरकारस“ग अनुरोध गर्‍यो- ‘यस इन्धनको व्यापक उत्पादनमा सरकारले सुरुमा लगानीद्वारा प्रँेत्साहन गर्छ भने देशलाई क्रमशः इन्धनमा आत्मनिर्भर बनाउन सकिन्छ ।’ सरकारी उपेक्ष्ँाले निराश भएका ज्ञवाली र तुलाधर अन्ततः विदेशतिर लागे ।

सजिवनलगायत वनस्पति तेल ऊर्जाको प्रयोगमा अरू देश अघि बढिसकेका छन् । मलेसियालगायत केही देशले पाम आयललाई इन्धनका रूपमा प्रयोग गरेका छन् भने दक्ष्ँिण अप्रिmकामा नेल्सन मण्डेलाले सजिवन तेललाई निकै प्रँेत्साहित गरे । थाइल्यान्ड, इन्डोनेसिया, ब्राजिल आदिले सजिवन ऊर्जाको प्रयोग बढाउ“दैछन् । भारत पनि त्यस दिशातिर पाइला चाल्दैछ । नेपालमा देखे-सुनेकै आधारमा केशव कार्कीले सजिवन तेलले सडकमा गाडी कुदाउने आ“टिलो कदम उठाए ।

हाम्रो देशका विभिन्न भागमा सजिवन बोट थरीथरी नामले चिनिन्छ । कतै यसलाई दतिउन भनिन्छ भने कतै कदम, बरेन्डा, ब“गडेरा आदि । संस्कृतमा भद्रदन्ती, बरागी भनिन्छ । भद्रदन्ती माने दा“तलाई हित गर्ने । यसको मसिनो डा“ठले घोट्दा दा“त, गिजा, मुख सफा र स्वस्थ हुनेहुनाले नेपालीमा यसको नामै दतिउन हुन पुग्यो । बा“सको सानो नली सजिवनको चोपमा चोपेर फुकी केटाकेटी ट्युब गुब्बारा उडाउ“छन् ।

उच्च हिमाली क्ष्ँेत्रमा बाहेक देशका सबै भागमा जतिसुकै सुखो, चिउरे या ढुंगे जमिनमा पनि सजिवनको खेती सजिलै हुनसक्छ । आठ दस फिटको बोट हुने र का“डा नहुने हु“दा पर्ुखाैंदेखि हजारौं किसानले खेतीपातीको सुरक्ष्ँानिम्ति बाक्लै सजिवन रोपेर बारबेर गर्दै आएका छन् । यो वनस्पति रोपेर उमार्न र हर्ुकाउन ज्यादै सजिलो छ । झुप्पा-झुप्पा परेर प्रशस्त रूपमा फल्छ यो । सुकेका दाना रोपे सजिलै उम्रन्छ । फल सुकेर झरेपछि आफैं प्रशस्त बिरुवा उम्रन्छन् । हा“गा काटेर लगाए पनि पलाएर मौलाउ“छ । यसका दानाको स्वाद मामफुली, बदामजस्तो मीठो हुन्छ । खाएपछि वान्ता पनि हुनसक्छ । यसका सुकेका दाना सुइरो या सिन्कामा उनेर मोमबत्ती जस्तै बाल्ने चलन पनि छ । पहिले गाउ“मा मट्टतिेल नपुग्दा हामी पनि त्यस्तो बत्ती बाल्थ्यौं ।

परम्परागत बोटमा दस बाह्र किलोसम्म फलेको पाइन्छ । सुकेको फल एक जनाले प्रतिघन्टा पा“च/सात किलो सजिलै टिप्न सक्छ । तोरी, सर्स्र्यू पेल्ने मिलमा पेल्दा तीन किलो दानाबाट एक लिटर तेल आएको कार्कीले बताए । विकासे सजिवनका विरुवाको खेती पनि विभिन्न ठाउ“मा सुरु भएको छ । त्यसको दाना अलि ठूलो हुनाले तेल पनि बढी आउ“छ । प्रष्ट छ, बार, बारी, जंगल सबैतिर यसको बाक्लो खेती भएमा फल्ने मौसममा प्रत्येक व्यक्तिले दैनिक पा“च सय रुपैया“सम्म कमाउने सम्भावना हुनेछ । भीरपाखा र नाङ्गा डा“डा, खोल्सा, नदी किनार बाटाको छेउछाउ खेती गर्न सकिने हु“दा गाउ“का किसान र बेरोजगारका लागि यो निकै लाभदायक रोजगारी हुनेछ ।

सजिवनमात्र होइन, तेलहन समूहका चिउरी, अ“डीर, कुसुम, महुवा, आ“खातरे, साल, तिंजु, माल कागुनो, बकेनो, रेपसिड आदि पचासौं थरी बोट वनस्पति फैलिएका छन् । दूध र घिउ दुवै दिने चिउरीका बोट देशमा पचास लाख भएको अनुमान छ । यसको प्रशोधन गरिएमा वनस्पति घिउको छेलोखेलो हुनेछ । अ“डीर -अन्डी) को तेललाई तर्राईका किसानले लडियाका पांग्रँमा मोबिल र ग्रिसका रूपमा पुखौर्ंदेखि प्रयोग गर्दै आएका छन् । क्यास्ट्रल आयलको नामले औषधि र अन्य उपयोगमा यो जगत विख्यात छ । आयर्ुवेदले यसलाई बाथरोगको र्सवश्रेष्ठ औषधि भनेको छ । यसखाले अधिकांश तेल प्रशोधन र मिश्रणद्वारा इन्धनका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यी डिजल पेट्रोलझैं सीमित मात्रामा नभई अनन्तकालसम्म पुनः उत्पादन हुनसक्छन् । 

दुःखको कुरा, नेपालका उद्योगपतिमा आफ्नो देशका यस्ता कच्चा पदार्थमा आधारित उद्योग चलाउन जा“गर देखापरेको छैन । मैले हुलासचन्द्र गोल्छालाई चिउरीको घिउ परीक्ष्ँण र प्रशोधन गरी वनस्पति घिउमा प्रयोग गर्न अनुरोध गरेको थिए“ । उद्योगपति हरि पाण्डेलाई सजिवनको तेलबाट गाडी चलाउने पहिलो संस्था बनाउन विशेष आग्रह गरेको थिए“ । यस्ता र्सवसुलभ कच्चा पदार्थको सदुपयोग गरी पार्टर्ीीार्यकर्ता र जागरुक युवालाई उत्पादनशील बनाउन अभियान चलाउन आफ्नै केन्द्रीय समितिमा पनि सुझाव राखे“ । सबै कामना निस्फल भए । तर लुम्बिनीको युवा जा“गरले हटाइदिन लागेकाले मेरा कलमले अचानक नारा लगायो- सजिवन ऊर्जा, जिन्दावाद †

-मोदनाथ प्रश्रति

Entry filed under: energy, knowledge, Nepal, technology. Tags: .

World’s Tallest & First Inner City Harbor : Nakheel Tower & Harbor Walking-assist-device from Honda

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • राष्ट्रघाती बिरुद्द चित्रबहादुर केसीको संसदमा भनाई (अडियो रेकर्ड)
    अहिले मधेशलाई हिमाल र पहाडबाट छुट्टाउने । हिन्दी भाषालाई नेपाली भाषा सरह कामकाजीको भाषा, राष्ट्रिय भाषाका रुपमा मान्यता दिने । काँकडभित्ताबाट महेन्द्रनगरसम्मको भूभाग कसरि पहाडबाट छुट्ट्याउने ? नेपालको संविधान ड्राफ्ट हुनु अघि भारतीय दूतावास लैनचौरमा लगेर त्यहाँबाट कसरि तिनको स्वार्थ अनुरुप पास गराउने ? नेपाललाई कसरि सिक्किमिकरण गर्ने ? यस्ता विषयमा मूलत सरका […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

नोभेम्बर 2008
M T W T F S S
« Oct   Dec »
 12
3456789
10111213141516
17181920212223
24252627282930