आज काग तिहार! सबैलाई तिहारको शुभ कामना

October 26, 2008 at 1:59 pm Leave a comment

तिहार हामी हिन्दू धर्माव्लम्बी हरुको दशै पछी को अर्को महान चाड हो । आज देखि तिहार पनि लाग्‍यो ।

यो चाड, रङ र बत्तीहरुको उत्सव भन्दा फरक नपर्ला किनभने यो अवधी भर हरेक को घर बिभिन्न रङ अनि आकर्षक झिलिमिली बत्तीले सजिएको अनि रङिएको हुन्छ । के गाउ के शहर, जताततै बत्तीको उज्यालोले स्वर्गको आभास गराउदछ । बिषेश गरी यो चाडमा धनकी देवी लक्ष्मी को पूजा आजा गरी मनाइन्छ ।
तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ, यमराज लाई यो पाच दिन सम्म बिभिन्न रुपमा पुजा गरिने हुनाले पनि यमपञ्चक भन्ने गरिएको हो । कसै कसैले यो चाडलाई सुख अनि समृद्धी को रुपमा पनि मान्ने गर्छन ।

आज यमपञ्चक को पहिलो दिन अर्थात आज काग तिहार । आजको दिन सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ ।

परापूर्व  कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।

यो तिहार सम्बन्धी एउटा रोचक किम्बदन्ती यहाँ राख्दै छु, किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ?

कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन्  ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने ।
जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(तेलको बत्ति) बालेर राख्न सुझाव दिइयो र त्यसै अनुसार चारैतिर दियो पनि बालियो, ता की माता लक्ष्मीले नाग सँग परामर्श गरी राजालाई अभय दान दिन बाध्य होस । त्यस्तै नै भयो पनि, जब यमराजले नागलाई खोइ त राजालाई किन यमलोक नल्याएको भन्दा समयनै नपुगी कसरी ल्याउनु? नागले भनेछन ।
यमराजले आफ्नो बहीखाता खोलेर हेर्दा राजाको आयु त अझै ७० बर्ष बाकी देखेछन, भएको के रहेछ त भन्दा खातामा राजाको आयु शुन्य (०) बर्ष लेखिएको रहेछ र नाग बाठो भएर शुन्यको अघिल्तिर ७ थपिदिएका रहेछन जस्ले गर्दा राजा थप ७० बर्ष बाचेछन । त्यहाँ उप्रान्त यसैको खुशियालीमा आज पनी जताततै दियो बालेर लक्ष्मी माता को पूजा गर्ने चलन रहदै आएको रे । तिहार लाई कसैले कतै दीपावली पनि भन्ने गर्छन । 

मेरो तर्फ बाट पनि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बस्नु हुने समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा सुख, शान्ती, समृद्धी एवम उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

Advertisements

Entry filed under: आफनै कुरा, Nepal, tihar.

पहिलो बार्षिक पुण्य तिथी आज कुकूर तिहार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • पराल, हतासोको ठ्यास ठ्यास र जिन्दगी
    तारा अधिकारी / स्पेन भैंसीको मुखबाट स्वात्त छिरेर मलखादमा पूग्ने पराल आज बाह्रघरे तानमा छिर्न भिजाईएको छ । अब हत्तासोको लगातारको ठ्यास ठ्यास उसले निर्वाद हरेक क्षण खप्नुपर्ने छ । उसका मेरुदण्डका हाड नै भाँचिनेगरि प्रत्येक तानको तलमाथि कम्मर निचोर्दे मुन्टोलाई यता बाट छिराएर उत्तापट्टी निकालिन्छ । अनी बलियो खाले परालको मुन्टो छुट्टै माथिपट्टि तानिन्छ […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • Untitled
    मलाई उज्यालो मन पर्छ, घामको भएपनि जूनको भएपनियात्रा आफ्नै उडान आफ्नै, धामको भएपनि धुनको भएपनि यी कुनै पनि ‘दरबार’संग साट्न सक्दिन म मेरो स्वतन्त्रतापिँजडा आखिर पिँजडानै हो, फलामको भएपनि-सुनको भएपनि […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander