नेपालमा सजिवन(जेट्रोफा): मिल्किएको इन्धन

अक्टोबर 22, 2008 at 8:06 अपराह्न टिप्पणी छोड्नुहोस्

Jatropha curcas1 henning.jpg

गाईबस्तु चराउन गोठालो जादा गल्लीका पर्खालमा बारबन्देजको लागि रोपिएका सजिवनका कलिला डाठाहरू भाचेर बीचमा आउने चोपलाई फुकेर फुर्र-फुर्र बेलुनजस्तै उडाउने रूखको फलबाट गाडी गुड्छ भन्ने कुरा सुन्दा घण्टौ लाईनमा बसेर पनि पाच लिटर डिजेल नपाउने कुन चाहि नेपाली खुसी नहोला ।
नेपालमा पहिलो चोटी पाल्पाका केशव कार्कीले सजिवनको तेल हालेर ट्याक्टर गुडाएको घट्नाले सबैलाई खुसी बनाएको छ । नेपालमा सजिवन ईन्धनको परिकल्पना र अनुसन्धान बीस वर्ष अघि त्रिभुवन विश्वविद्यालयको अनुसन्धान निकाय ‘रिकास्ट’ले गरेको थियो । त्यसको केही वर्षपछि बुटवल इष्टिच्युटका इन्जिनियर रामेश्वर महर्जनले सजिवनको तेलले डिजलको काम गर्ने ल्याव परीक्षणबाट प्रमाणित गरेका थिए ।
नेपालमा यसको प्रयोगको खोजअनुसन्धान गर्दा २०५५ सालमा ‘रिकास्ट’ ले वैदेशिक परियोजना मार्फत डिजल इञ्जिन सफलतापूर्वक चलाइएको र इञ्जिनमा र पर्यावरणमा समेत कुनै नकारात्मक असर नपरेको पाइएको छ ।
विश्वका धेरै देशमा सजिवन लगायत वनस्पति तेल उर्जाको लागि प्रयोग गर्न थालिएको छ । अपि|mका, इण्डोनेसिया, ब्राजिल, भारत लगायतले सजिवनको उर्जा प्रयोग मात्रै होइन बढाउादै लगेका छन् । यसबाट के प्रमाणित हुन्छ भने हाम्रो जस्तो अरबौको इन्धन आयत गर्ने मुलुकको लागि यो निकै ठूलो विकल्प हुन सक्छ ।

अहिले नेपालमा इएमआइ गु्रपको संयोजनमा ठूलो मात्रामा सजिवन खेती सरू हुने भएको छ । इएमआइका मेनेजिङ डाईरेक्टर दीपक थापाका अनुसार यसका लागि नर्सरी व्यवस्थापन गर्ने प्रक्रि्रया सुरू भै सकेको छ । नेपालमा एकै पटक गर्न थालिएको सजिवन खेतीमा पहिलो पटक एक लाख मानिसको सहभागिता हुनेछ । यसका लागि नेपालका विभिन्न पााच स्थानमा नर्सरी राखी सजिवनको विरूवा उत्पादन गर्ने इएमआईका डाईरेक्टर थापा बताउाछन् । बढ्दो उर्जा सङ्कटलाई कम गर्न इएमआइ गु्रप अफ कम्पनीले यस्तो कार्यक्रम अगाडि सारेको हो ।
सजिवन खेतीमा आम जनताको सहभागिता बढाउने उत्पादन भएको सजिवनका गेडा इएमआइ गु्रप अफ कम्पनीले किन्ने छ । उत्पादन भएको सामान किन्ने ग्यारेन्टी कम्पनीले गरेपछि खेती गरेको सजिवन उत्पादन भएपछि बजार नपाइने डरबाट कृषकहरू मुक्त हुनेछन् ।नेपालमा अहिले धेरै खेती योग्य जमिन बाझो छ । शिक्षित वर्ग गाउ नर्फकने र कृषिवाट लागत उठ्ने सम्भावना कम हुदै गएपछि जमिन बाझो छाड्नुको विकल्प पनि देखिदैन । कृषिमा लागेको आम जनताको ठूलो हिस्सा अहिले पनि निर्वाहमुखी खेती प्रणालीबाट बाहिर आउन सकेको छैन ।
कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म नेपालको गरिवी हटाउन सकिदैन । कृषिलाई आधुनिकीकरण गर्नका लागि नगदेवालीको खेती गर्नु अनिवार्य छ । बााझो बारी र कान्लामा सजिलै हुन सक्ने सजिवन खेती यसको एउटा विकल्प हुन सक्छ । धेरै मिहिनेत र प्रशस्त प्राविधिक ज्ञानको अभावमा पनि सजिलै गर्न सकिने भएकाले सजिवन खेतीमा आम जनताको सहभागिता बढाउन सकिन्छ ।
सजिवनलाई अग्रेजीमा ‘जेट्रोफा’ भनिन्छ । जेट्रोफा अमेरिकाको उष्ण प्रदेशको रैथाने वनस्पति हो । नेपालमा पनि परम्परादेखि यो वनस्पति हुर्कंदै आएको छ । नेपालमा यसलाई विभिन्न नामबाट चिनिन्छ । दतिवन, कदम, बरेण्डाको नामबाट समेत चिनिने यसलाई संस्कृतमा भद्रदन्ती भनिन्छ । किसानले बारका लागि प्रयोग गर्ने सजिवनका फल बत्ती बाल्ने काममा समेत कतै-कतै प्रयोग गरेको पाइन्छ । छाप्रो र मलको रूपमा सजिवनको पात प्रयोगमा ल्याईन्छ ।नेपालका डोल्पा, हुम्ला, मनाङ, जुम्ला र मुस्ताङ बाहेकका ७० जिल्ल्ाामा सजिलै सजिवन खेती गर्न सकिन्छ । २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम भएको ठाउामा सजिलै फस्टाउन सक्ने सजिवनका लागि रूखो जमिन पनि उपयुक्त मानिन्छ । नेपालमा भर्खर मात्र सजिवनको व्यवसायिक खेती सुरू भएको छ ।

इन्धनको विकल्प

अहिले विश्वमा खाद्य र उर्जा सङ्कटको समस्या छ र नेपाल पनि यसवाट अछुतो छैन । विश्वमा बढ्दो उर्जाको मागले पेट्रोलियम पदार्थको मूल्य चर्केर गएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो तेलको मागलाई धान्न अहिले तेलका बैकल्पिक स्रोतको खोजी हुन थालेको छ । खनिज तेल उत्पादन गर्न नसकिने भएकाले अवका केही वर्षमा तेलका कुवाहरू रित्तिादै जानेछन् । जसले गर्दा बढ्दो तेलको माग धान्न झनै कठिन हुने देखिन्छ ।

तेल आधुनिक विश्वका लागि अत्यावश्यक पदार्थको रूपमा विकास भएको छ । इन्धनका लागि अहिले विश्वमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको प्रयोग हुन्छ । पेट्रोलियम पदार्थ प्राकृतिक रूपमा उत्पादन हुने भएकाले मानिसले चाहेको वेलामा यस्तो उत्पादन बढाउन सकिादैन । जमिनभित्र सञ्चित अवस्थामा रहेको पेट्रोलियम पदार्थलाई कम प्रयोग गरेर भण्डार गर्ने काम हामीले गर्न सक्छौं । यसरी भण्डारमा सञ्चित हुने अवस्था आएमा मात्र भोलिको पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग गर्न सक्छ ।

पेट्रोलियम पदार्थको बढ्दो मागलाई खनिज तेलले धान्न नसक्ने भएपछि जैबिक रूपमा तेलको उत्पादनका प्रयासहरू सुरू भएको देखिन्छ । भटमास, मकै, तोेरी, तिल, सजिवनबाट निस्कने तेललाई जैविक इन्धनको रूपमा प्रयोग गर्न सकिने विभिन्न अध्ययनहरूले स्पष्ट गरेको छ । खान मिल्ने तेलको प्रयोग खाद्य पदार्थमा हुने भएकाले पनि पछिल्लो समयमा पेट्रोलियम पदार्थको विकल्पमा अखाद्य तेललाई अगाडि सारिएको छ ।

इन्धनको निमित्त प्रयोग गर्न विभिन्न देशमा अखाद्य बनस्पति तेलहन बालीको खेती हुन थालेको छ । विभिन्न देशले पेट्रोलियम पदार्थको आपूर्तिलाई कम गर्न यस्ता अखाद्य तेलको प्रयोगमा जोड दिन थालेका छन् । भारतमा खाना पकाउन र गाडी चलाउन अहिले पनि सजिवनको तेल प्रयोगमा ल्याउने गरिएको छ । पाल्पाका युवाहरूले स्थानीय मिलमा पेलेर निकालेको सजिवनको तेलवाट ट्याक्टर नै चलाएका छन् ।

डिजेलवाट सञ्चालन हुने गाडी र खाना पकाउने इन्धनको रूपमा सजिवनको तेल प्रयोग गर्न सकिन्छ । सजिवनको तेलमा बालेको बत्तिबाट मट्टतिेलको जस्तो पिरो धुवा आउादैन । जसले गर्दा मट्टतिेल नपुगेका गाउमा उज्यालोका लागि एउटा बिकल्पको रूपमा सजिवनको तेललाई प्रयोगमा ल्याउन सकिन्छ । ग्रामीण क्षेत्रमा सजिवनको विउ सिन्कामा उनेर बत्तीको बिकल्पको रूपमा प्रयोग गर्ने चलन समेत छ ।

इन्धनको स्रोत मात्र होइन वातावरणका लागि समेत सजिवनको प्रयोग फाइदा जनक छ । यसको पातलाई कुहाएर कम्पोष्ट मलको रूपमा प्रयोग गर्न सकिन्छ । परम्परागत रूपमा वारको रूपमा प्रयोग हुने भएकाले सजिवनले भूक्षय नियन्त्रणमा समेत सघाउ पुर्‍याउाछ । खेर गएको जमिनमा हरियाली बनाउन र भूक्षय नियन्त्रणका लागि यो उपयुक्त छ । बहुआयामिक बनस्पतिको रूपमा रहेको सजिवन नेपालका लागि उपयुक्त एकमात्र जैबिक इन्धन हो ।

बैकल्पिक इन्धन सजिवन खेती

इन्धनको बिकल्प खोज्न बिकसित देशमा सरकारी तहवाट थुप्रै प्रयास भएको पाइन्छ । नेपालमा अहिलेसम्म बैकल्पिक उर्जाको क्षेत्रमा सामान्य काम मात्रै भएको देखिन्छ । सौर्य उर्जाको क्षेत्रमा मात्र भएका यस्ता साना तिना प्रयासहरूले बढ्दो उर्जा खपतलाई धान्न सक्ने अवस्था छैन । नेपालमा सरकारी क्षेत्रबाट समेत बैकल्पिक इन्धनको क्षेत्रमा लगानी भएको छ । राष्टिय अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रले समेत यो क्षेत्रमा लगानी बढाइ रहेका छन् । यी सबै प्रयासले अहिलेसम्म उल्लेख्य उपलब्धि हासिल गर्न सकेका छैनन् ।

गोवर ग्यास, सुधारिएको चुलो वा सौर्य उर्जा जस्ता नेपालमा बैकल्पिक उर्जाको क्षेत्रमा भएका कामहरू खाना पकाउने र बत्ति बाल्ने ठाउामा मात्र सिमित रहेका छन् । अहिलेको आधुनिक जीवनशैलीमा खानुभन्दा महत्वपूर्ण यातायातको राम्रो व्यवस्था हुन थालिसकेको छ । मानिसले एक छाक समयमा नखाएर भए पनि समयमा कार्यालय पुग्न चाहन्छ । यसले के देखाउाछ भने अहिले यातायातमा प्रयोग हुने इन्धनको माग बढ्दो छ ।

अमेरिका, युरोपियन युनियन लगायतका बिकसित देशमा लामो समयदेखि पेट्रोलियम पदार्थमा इथानोल प्रयोग गर्दै आएका छन् । इथानोल सुगर मिलवाट उत्पादन हुने उपउत्पादन हो । नेपालमा अहिलेसम्म इथानोल प्रयोग गर्ने विषय बहसमा मात्र सिमित छ । सबै खालका पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा गुणस्तरमा कमी नआउने विभिन्न अध्ययनहरूले देखाएको छ । विद्युत्वाट चल्ने गाडी पनि पेट्रोलियम पदार्थको विकल्पका रूपमा देखा परेको छ ।

नेपालमा हाल छ सय मेघावाट विद्युत उत्पादन हुने गर्दछ । मागलाई धान्ने भन्दा कम विद्युत् उत्पादन भएकाले हामीले लामो समयदेखि लोडसेडिङको मार खेप्दै आएका छौा । विद्युत् माग पूरा गर्न भारतवाट समेत विद्युत् आयात गरिरहेका छौा जसले गर्दा विद्युबाट चल्ने परिवहन पनि नेपाली जनताको पहाुचमा पुग्न सक्ने अवस्था छैन । त्यसैले नेपालका लागि खनिज पेट्रोलियम पदार्थको एउटा बिकल्प जैविक तेल मात्र हो । जैविक तेलको खेती गर्न सक्ने हो भने मात्रै नेपालले पेट्रोलियम पदार्थमा रहेको परनिर्भरता हटाउन सक्छ ।

तेल आयातको अवस्था

नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने एक मात्र आधिकारिक निकाय हो । आर्थिक वर्ष ०६४/०६५ मा निगमले ३१ अर्ब ३९ करोड रूपियााको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसमध्ये १२ अर्ब १४ करोड रूपियााको डिजेल आयात भएको छ । सजिवनको तेलले डिजेलको काम गर्ने भएकाले एक वर्षमा आयात हुने डिजेलको एक प्रतिशत सजिवनको तेल डिजल प्रतिस्थापन गर्न सक्ने हो भने पनि वाषिर्क १२ करोड रूपियाा देशमै राख्न सकिन्छ । निगमले आठ अर्ब ३४ करोड रूपियााको मट्टतिेल आयात गरेको छ । यो हिसावले हेर्दा एक वर्षमा अहिले १० अर्ब रूपियााभन्दा बढीको सजिवन तेल स्थानीय बजारमा बेच्न सकिन्छ । तेल किन्नका लागि अहिले सरकारले निगमलाई हरेक वर्ष अनुदान दिादै आएको छ । विकासमा लगाउने पैसा तेल किन्न अनुदानमा प्रयोग गर्दा विकास निर्माणका काम प्र्रभावित भएका छन् ।

सरकारले अनुदान नदिने हो भने अहिलेको भाउमा बजारमा पेट्रोलियम पदार्थ किन्न सकिादैन । पेट्रोलियम पदार्थको अभावसागै बढ्दो सरकारी अनुदान नियन्त्रण गर्न समेत बैकल्पिक उपाय खोज्नु आवश्यक छ । अहिलेको अवस्थामा बायो डिजेल यसको बिकल्पको एउटा स्रोत बन्न सक्ने देखिन्छ । यसका लागि योजनाबद्ध रूपमा नेपालका खाली जमिनमा यसको खेतीलाई अगाडि बढाउनु पर्छ । जसले गर्दा भोलिका दिनमा पेट्रोलियम पदार्थको परनिर्भरता घट्दै जान सकोस ।

विश्वमा जैविक इन्धनः

खनिज तेलकोे मूल्य दिनानुदिन बृद्धि भइरहेको परिवेशमा विकशित देशमा यसको विकल्पको खोजी आजभन्दा केही वर्ष अघिदेखि नै हुन थालेको हो । विकशित देशमा खाद्यान्नको लागि खेती नगरिने जमीनमा व्यापक रूपमा सजिवनका विरूवाहरू रोप्ने काम तिब्रताका साथ अघि बढाइएको छ । जैविक तेल उत्पादन गर्ने ठूला परियोजनाले गर्दा आज एकातिर मानिसलाई खनिज तेलमा निर्भर रहनु पर्ने वाध्यताबाट जोगाउन सक्ने देखिएको छ भने अर्को तिर वातावरण संरक्षणमा समेत उल्लेख्य योगदान पुग्न गएको छ ।

जैविक तेल बाल्दा त्यसले वायुमण्डलमा कार्वनडाइअक्साइडमा भइरहेको परिमाणमा थप हुन पाउादैन । किनभने जैविक इन्धन बल्दा निस्कने कार्वनडाइअक्साइड सो इन्धन दिने विरूवा हुर्कनेक्रममा वायुमण्डलबाट नै शोषण गरेको हुन्छ । त्यसैले विकशित देशमा यस्ता परियोजनले सरकार र अन्य सङ्घ संस्थाबाट प्रचुर मात्रामा सहयोग प्राप्त गरिरहेका छन् । बनस्पतिबाट प्राप्त गरिने इन्धन उत्पादन गर्न व्यापक रूपमा त्यस्ता विरूवा रोप्ने अभियानमा संलग्न हुने कृषकहरूलाई सरकारले विभिन्न किसिमका सुविधाहरू दिएर प्रोत्साहित गर्ने समेत गरिएको छ ।

औद्योगिक देशमा उद्योगले समेत प्रशस्त तेल खपत गर्ने हाुदा उद्योग बचाउनकै लागि पनि त्यहााका सरकारले स्थानीय रूपमा इथानोल उत्पादनमा जोड दिई त्यसमाथि लगाउादै आएको कर छुट दिइ ठूला पााच बर्षे र दश बर्षे योजना सञ्चालन गरिरहेका छन् । ब्राजिल,चीन, जर्मनी, अमेरिका जस्ता देशमा बैकल्पिक इन्धनको स्रोतको रूपमा त्यस्ता बनस्पतिहरूको विकासको लागि ठूला धनराशी खर्च भैरहेका छन् । भारतले आगामी केही बर्षमा ठूलो परिमाणमा सजिवनको दाना उत्पादन गर्न सरकारी तथा गैरसरकारी तहमा सजिवन खेतीमा जोड दिएको छ ।

सजिवन खेतीको फाइदाः

-सजिवन सजिलैसाग खेति गर्न सकिन्छ । यसका लागि प्रशस्त प्राविधिक ज्ञानकोे आवश्यकता पर्दैन । नेपालको पहाड तराई दुबै ठाउँमा गर्न सकिने सजिवन खेतिका लागि बढि मिहिनेत समेत लाग्दैन ।

-सजिवनको दानाबाट तेल निकाल्न सामान्य प्रविधिको प्रयोग हुन्छ । परम्परागत कोलहरू प्रयोग गरेर समेत यसको तेल निकाल्न सकिन्छ । यसरी निकालिएको तेल सिधै इन्जिन चलाउन प्रयोग गर्न सकिन्छ ।

-यसको धुवाले बायुमण्डलमा कार्वन थप्दैन र बायु प्रदुषण हुादैन । मानिसको स्वास्थ्यमा यसले नकारात्मक असर कम गर्छ । अहिले वायुमण्डलमा कार्वनडाइअक्साइड कम फाल्ने वा कार्वन शोषण गर्ने विरूवा लगाउने मुलुकलाई विश्व बैङ्कले अमेरिकन डलरमा भुक्तानी दिन थालेको छ । यसलाई कार्वनको ब्यापार पनि भनिन्छ । सजिवनको तेल प्रयोग गर्दा नेपालमा भित्रिने डलरको मात्रामा बृद्धि हुन्छ ।

– खाली जमिनमा सजिवन लगाउनाले हरियाली बढनुका साथै बातावरणमा सकारात्मक प्रभाव पार्छ । भू-क्षय नियन्त्रण गर्छ । यसको विरूवा, दाना वा तेलको माग बजारमा बढ्दै गएको छ । यसबाट व्यक्तिगत मात्र होइन राष्ट्रिय आम्दानी समेत बढाउन सकिन्छ ।

-खनिज डिजेल खरिद गर्न राष्ट्रले खर्च गर्ने गरेको ठूलो रकम विदेशीबाट बचाउन सकिन्छ । एक पटक लगाएपछि धेरै वर्षसम्म फल दिने भएकाले पेट्रोलियम पदार्थलाई देश आत्मनिर्भर बन्दै जानसक्छ ।

-स्वदेशमै रोजगारी सिर्जना गर्न सजिवन खेतीले सघाउन सक्छ । सजिवनको वीउ, पात, बोक्रा र चोपको बहुप्रयोग गर्न सकिने भएकाले यसवाट किसानले थुप्रै फाइदा लिन सक्छन् । कृषिलाई आधुनिकरण गर्न समेत सहयोग पुर्‍याउाछ ।

उर्जा बिकासका हरेक क्षेत्रमा काम गर्ने सोचले स्थापना भएको इएमआइ उर्जा विकास कम्पनीले उर्जाको क्षेत्रमा पहिलो काम सजिवन खेतीवाट सुरू गरेको छ । कम्पनीले आफै सजिवन खेती गर्ने भन्दा किसानलाई सजिवन लगाउन प्रोत्साहन गर्दछ । किसानले लगाएको सजिवनले फल दिन थालेपछि त्यसको व्यापारिकरण गर्ने काममा कम्पनीले सक्रिय भुमिका खेल्नेछ । किसानले कम्पनीसागको सहकार्यमा सजिवन खेती गर्नेछन् । यसका लागि कम्पनीले सजिवनको विरूवा किसानका लागि उपलब्ध गराउने छ ।

रोपेको दुई वर्षपछि सजिवनमा फल थाल्छ । सजिवनको फल पाकेपछि टिपेर सङ्कलन गर्न सकिन्छ । यसरी संकलन भएको फल उर्जा बिकास कम्पनीका आधिकारिक सङ्कलन केन्द्रमा लगेर किसानले निर्धारित मूल्यमा बेच्न सक्नेछन् । यस्तो व्यवस्थाले गर्दा किसान आˆनो उत्पादनले बजार नपाउला भन्ने समस्यावाट पुर्ण रूपमा मुक्त हुनेछन् ।

आगामी दश वर्षमा सजिवनको हरियालीले भर्ने र नेपालको कुल डिजेलको मागलाई वीस प्रतिशतले विस्थापित गर्ने एक महत्वाकंाक्षी योजना कार्यान्वयन सुरू गरेको छ । यसअघि इएमआइ गु्रप अफ कम्पनीले जडिवुटि खेतीमा किसानसागको सहकार्यलाई निकै मजबुत बनाईसकेको छ । किसानसाग सहकार्य गर्न थालिएको सजिवन खेतीले अकल्पनीय परिमाण दिने कुरामा कम्पनी विश्वस्त छ ।

खिलबहादुर भण्डारी

Entry filed under: Uncategorized. Tags: .

Chimpanzee riding a Segway Yeti footprint discovered by Japanese team

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • सयौं नेपालीको पोर्चुगलमा हुने भो बिजोग, कता भाग्ने त्यहाँका नेपाली ?
    पोर्चुगलमा यतिखेर थुप्रै नेपालीको रुवाबासी छ  । वर्षौंदेखि आवाशिय र काम गर्ने भिसा, नियुक्ती पत्र र प्रवेशाज्ञा कुरेर बसेका नेपालीको अहिले बिजोग छ । गत सेप्टेम्बर महिनापछि त्यसरि भिसा वा अन्य प्रवेशाज्ञा कुरेर बसेका  अाप्रवासीलाई अब पोर्चुगिज सरकारले स्विकार नगर्ने निर्णय गरेपछि नेपालीहरु अप्ठेरामा परेका हुन् । पोर्चुगलमा पेपर कुरेर बसेका नेपालीको संख्या यकि […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

अक्टोबर 2008
M T W T F S S
« Sep   Nov »
 12345
6789101112
13141516171819
20212223242526
2728293031