आज घटस्थापना,बडा दशै को चहल पहल प्रारम्भ

September 30, 2008 at 9:00 pm Leave a comment

नेपालीको महान चाड बडादसै आजदेखि पन्ध्रदिनसम्म अर्थात आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म परम्परानुसार दुर्गाभवानीको पूजाआराधना गरी हर्षोल्लासका साथ मनाइदैछ ।

बडादसैको पहिलो दिन आज बिहान आआफ्ना घरको पूजाकोठा तथा दसैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टासी जौ र मकै रोपेर घटस्थापना गरिदैछ ।

आज घटस्थापनाका दिन बिहान ७:०३ देखि ७:१२ र ९:२१ देखि ९:३१ सम्म देवीस्थापनाका लागि समय राम्रो रहेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले बताउनुभयो”

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।

यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आआफ्ना घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर राखिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

बडादसैको सातौ दिन मुलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्रयाइने, महाअष्टमी र महानवमीका दिन दसैघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौ दिनसम्म दसैघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साझ महालक्ष्मीको पूजाआराधना गरिने प्रचलन छ ।

यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गाभवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ ।
बडादसैका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूणिर्मासम्मका लागि बिदा दिने चलन छ ।

समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा बडा दशै २०६५ को हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।

Advertisements

Entry filed under: आफनै कुरा, Nepal.

Thermography Bra can detect Breast Cancer Enjoy new headphone with background noise

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • पूर्व राजा सक्रिय बन्ने संकेत !
    पूर्व राजा ज्ञानेन्द्र शाह फेरि सक्रिय बन्ने संकेत देखिएको छ । उनी आफैंले सक्रिय बन्न चाहेको बताएका छन् । तिहारको भाई टिका लगाइसकेपछि मुलुकमा उनले नेत्रित्वनै नभएको जस्तो देखिएको बताउँदै आफू अघि सर्न तयार रहेको संकेत गरेका हुन् । हरेक राजनितिक निर्णय लिँदा उनले चाडपर्वको बेला लिने गरेकालेपनि उनको यो भनाईलाई चासोका साथ हेरिएको छ […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

September 2008
M T W T F S S
« Aug   Oct »
1234567
891011121314
15161718192021
22232425262728
2930