बिजुलीलाई प्राथमिकता दिए कसो होला?

अगस्ट 12, 2008 at 12:00 बिहान टिप्पणी छोड्नुहोस्

सहरी क्षेत्रमा खाना पकाउन ६ सय ८० मेगावाट बिजुली भए पुग्छ । त्यति बिजुली उत्पादन गर्न ८० अर्ब रुपैया भए पुग्छ । यो खर्च ग्यास र मट्टीतेल विस्थापन गरेको पाच वर्षभित्र उठ्छ । यो तथ्य हो- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक अमृत नकर्मीको ।

सहरी क्षेत्रमा खाना पकाउनका लागि वर्षो १४ अर्ब रुपैया बाहिरिने गरेको छ । आफ्नो देशमा जलविद्युत् आयोजना निर्माण गर्न सके आयातीत पेट्रोलियममाथि परनिर्भरता अन्त्य हुने नकर्मीले ठोकुवा गरेका छन् ।

नकर्मीका अनुसार निजी क्षेत्रमा प्रत्येक वर्ष ९ अर्ब रुपैया बराबरको मट्टीतेल खपत हुने गरेको छ ।

त्यस्तै ५ अर्ब रुपैया बराबरको ग्यास खपत हुन्छ । मट्टीतेललाई मात्र बिजुलीमा परिवर्तन गर्ने हो भने ३ सय ८० मेगावाट भए पुग्छ । ३ सय १० मेगावाट बराबरको जलविद्युत् बनाउने हो भने ग्यास आयात गर्नु नपर्ने नकर्मीको अध्ययनले देखाएको छ ।

‘जलविद्युत्बाट खाना पकाउने हो भने १४ अर्ब आफ्‍नै देशभित्र रहन्छ,’ ऊर्जा संकटबारे युवा इन्जिनियरहरूको संस्था टिम नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा नकर्मीले भने- ‘हामीसग नभएको चीजको खपत बढी गरिरहेका छौं ।’

सहरी क्षेत्रमा खाना पकाउनका लागि गत वर्ष १ करोड ६० लाख केजी ग्यास भित्रिएको थियो, त्यस्तै ३० करोड लिटर बराबरको मट्टीतेल आयात भएको थियो । नकर्मीका अनुसार वैदेशिक व्यापारबाट देशलाई प्राप्त कुल आम्दानी ६२ अर्ब रुपैया मध्ये पेट्रोलियम खपतमा मात्रै ५३ प्रतिशत खर्च हुने गरेको छ ।

विश्वव्यापी रूपमा पेट्रोलियमको भाउ बढेका कारण मट्टीतेल र ग्यासभन्दा बिजुली सस्तो पर्न गएको नकर्मीले औंल्याए । उनका अनुसार ११ वर्षघि सहरी क्षेत्रका एक परिवारलाई महिनाभरि भात पकाउन मट्टीतेलमा १ सय ८० रुपैया लाग्थ्यो, अहिले एक हजार ९० रुपैया पर्ने गरेको थियो । त्यो बेला बिजुलीबाट भात पकाउन मासिक ६ सय पाच रुपैया लाग्थ्यो, अहिले ७ सय ८८ रुपैया पर्छ ।

यसअनुसार एघार वर्षघि मट्टीतेलभन्दा बिजुलीमा भात पकाउन मासिक तीन गुना महगो थियो । अहिले बिजुलीभन्दा मट्टीतेल ३ सय दुइ रुपैयाले सस्तो पर्छ । त्यतिखेर एक ब्यारेल तेलको मूल्य १८ अमेरिकी डलर थियो भने अहिले १४६ डलरसम्म पुगेको छ । ‘यो अवधिमा पेट्रोलमा ८ सय प्रतिशतले वृद्धि भइरहेको छ र प्रतिब्यारेल २ सय अमेरिकी डलरसम्म पुग्नेछ ।’

सरकारले समय-समयमा अन्‍तराष्‍ट्रीय मूल्यअनुसार पेट्रोलियमको भाउ समायोजन नगर्दा यस्तो संकट उत्पन्न भएको बताए । भारत र चीनमा समयमै समायोजन हुने हुनाले त्यहा तेलको हाहाकार कहिल्यै नपर्ने उनले उदाहरण पनि दिए । यहा पेट्रोलियम खपत वृद्धिदर वर्षो १२ प्रतिशत छ । तेल बढी खाने सवारी साधनको आयात गत वर्षो भन्दा ४० प्रतिशतले बढेको छ ।

साभार-कान्‍तीपुर दैनिक

Entry filed under: आफनै कुरा, Nepal. Tags: .

Perseid Meteor Shower 2008 Don’t miss it again Software Engineer and his wife

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • ईटालियनहरुले बल्ल खेले होली
    सबै फोटो – ददि सापकोटा- पादोभा, ईटाली भित्र विशाल ब्यापारिक मेला छ । नाचगान छ । विभिन्न देशको संगित घन्किएको छ । पालैपालो । एशियाका भारत, पाकिस्तान, चिनदेखि अफ्रिकी मुलुकको न्रित्य हेर्न, संस्क्रिति जान्न पाइन्छ । एशियाली देशहरुको संस्क्रिति,कला र कौशल, हस्तकला र संस्क्रिति ईटालियालीहरुलाई चिनाउने लक्ष्य राखेर आयोजना गरिएको विशाल मेलामा दर्जनौं मुलुकलाई हलभि […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

अगस्ट 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031