लोग्ने मान्छेलाई पनि रुन दिउ

जुलाई 19, 2008 at 8:47 अपराह्न 2 comments

-प्रतिमा विवश र्राई

‘लोग्ने मान्छे भएर रुनु हुन्न रे तर यो मन रोएको कस्ले देख्ने?’ प्रेम वियोगमा विक्षिप्त बनेका किशोर शर्माको प्रश्न हो यो ।
 बीबीएस पढिरहेका बेला प्रेमिकाले अर्कै सँग विवाह गरिन् । त्यो दुःखद क्षण सम्झदै सुयोग श्रेष्ठ भन्छन्- ‘त्यसबेला मन धरधरी रोयो । मानसिक रूपमा विक्षिप्त भए“ । तर मन खोलेर रुन सकिन“ । किनभने लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’

एघार बर्षिय राजु रोएका बेला हजुरआमाले भनिन् ‘बाबु, छोरामान्छे भएर रुनु हुदैन है । बहिनीहरूले कुरीकुरी गर्लान् नि ।’
हो धेरैले लोग्नेमान्छे भएकै कारण अरूका सामु आसु खसालेका छैनन् । आसुले पीडा पखाल्न सकेका छैनन् । पीडा र चोट जतिसुकै असह्य होस, लोग्नेमान्छे रुनु हुदैन भन्ने हाम्रो सामाजिक मान्यता छ ।

पुरुषलाई साहसी र बलियो संज्ञा दिन रचिएको यो मान्यताले उसलाई मनोवैज्ञानिक रूपमा पीडित बनाइरहेको छ । के साच्चै लोग्नेमान्छे भएर रुनु हुदैन त ? भोल्तेयरले भनेका छन्, ‘आसु पीडाको मौन भाषा हो ।’ यसलाई अभिव्यक्त गर्ने अधिकार पुरुषलाई छैन त ? ‘लोग्ने मान्छेले किन रुनु हुदैन’, सुशान्त राजोपाध्याय प्रश्न गर्छन्- ‘हामीभित्र संवेदना र पीडाको भावना हुदैन र ? लोग्नेमान्छेको मनमुटु ढुङ्गा र फलामले बनेको हुन्छ र ?’

लोग्नेमान्छे रुनु हुदैन भन्ने धारणा पुरातन भएको बताउदै उनी भन्छन्- ‘हामीले पनि मन खोलेर रुन पाउनुपर्छ ।’ पीडा गुम्साएर मनभित्रै थुनिरहनुभन्दा रुदै हल्का हुनु उपयुक्त हुन्छ । भन्छन्- ‘तर खुलस्त रुने कुरा स्वाभाविक बनिसकेको छैन ।’ पछिल्लोपटक बुबाको मृत्यु हुदा उनी बेस्सरी रोए रे । स्वास्थ्यका हिसाबले रुदा आखालाई पनि राम्रो हुने उनको अनुभव छ । अब लागौं आश्विनी आचार्यतिर । उनी भन्छन्- ‘स्वास्नी मान्छेभन्दा लोग्नेमान्छे मनभित्र धेरै रुन्छ । तर उनीहरू अरूलाई आसु देखाउदैनन् ।’

हामीसग पुरुष र महिलाका लागि भनेर बनेका थुप्रै सामाजिक मूल्य, मान्यता, संस्कार र परम्परा छन् । जसले महिला र पुरुषको सामाजिक दायरा निर्धारण गरेको छ । यही अनुरूप पुरुषले बाहिर कामगरी कमाएर ल्याउनुपर्छ । श्रीमतीले चाहि चुलोचौका र भातभान्छाको काम गर्नुपर्छ भन्ने मान्यता विकास भयो । मानव विकासको पहिलो चरणदेखि लोग्नेमान्छे स्वतन्त्र जंगल डुलेर सिकार गर्ने र त्यसलाई स्वास्नी मान्छेले एकै ठाउमा बसेर संरक्षण गर्ने वा बच्चालाई खुवाउने गरेका थिए ।

अहिले पनि पुरुष कमाई गरी खाना जुटाउछन् भने घरमै बसिरहेकी महिलाले चुलोचौकाको काम गर्नु स्वाभाविक हो । तर कामकाजी महिलाले चुलोचौकाको काम पेवाझैं एक्लै गर्नुपर्छ भने त्यो अस्वाभाविक हो । अहिलेसम्म हाम्रो सामाजिक मूल्य, मान्यता र व्यवहारले चुलोचौकाको काम महिलालाई सुम्पेको छ । यही मान्यताले पुरुषलाई बलियो सावित गर्न लोग्ने मानिस रुनु
हुदैन भनियो ।

आधुनिक बुझाइमा लोग्ने र स्वास्नी बीचको प्राकृतिक लिंगको भिन्नता बाहेक अन्यलाई सामाजिक लिंगका रूपमा बुझ्न सकिन्छ । घरगृहस्थी र भातभान्छाको काम महिलाले गर्नुपर्छ भन्ने संस्कारमै छ । मानौं पुरुषले गर्दा पाप लाग्छ वा गर्नै हुदैन । कसैको घरमा पुरुषले भात पकाउदै वा भाडा माझ्दै गरेको देखियो भने हामी महिला सबभन्दा पहिला असजिलो महसुस गर्र्छौं । यसमा हाम्रो दोष छैन, यसको मनोवैज्ञानिक कारण खोज्ने हो भने हामी सामाजिक मूल्य मान्यता तथा बाल्यकालमा छोरा र छोरीलाई लिंगका आधारमा गरिने सामाजिकीकरणको प्रक्रियालाई दोष दिन सक्छौं । जुन प्रक्रियाभित्रको मूल्य मान्यता वैज्ञानिक तथ्यविहीन र अन्धविश्वासमा आधारित छन् ।

उत्तरआधुनिकतावादको वैचारिक आन्दोलनले अहिलेसम्म सुध्रिन नसकेका  सामाजिक मूल्य मान्यता भोलिका दिनमा परिस्कृत र परिमार्जित हुनेछन् कि – प्रतीक्षा गरौं ।

आज ठूल-ठूला होटलमा सेफका रूपमा धेरैजसो पुरुष छन् । पुरुषले भान्छाको काम छुनु हुदैन । भ्याइ-नभ्याई महिलाले गर्नुपर्छ भन्ने धारणा विपरीत शिक्षाले ल्याएको सकारात्मक परिवर्तन हो यो । पकाउने काम पनि महत्त्वपूण कला र सीपभित्रै पर्छ । जुन सीपलाई सम्मानजनक रूपमा बिक्री गर्न सकिन्छ । आकर्षक तलबमा भान्छे बनेका पुरुषलाई यो त महिलाको काम हो भन्ने हिम्मत कसले गर्न सक्ला – जसरी पुरुषले चुलाचौका र भातभान्छाको काम गर्नु हुदैन महिलाले मात्र गर्नुपर्छ भन्ने मान्यतामा वैज्ञानिक सत्यता छैन, त्यसैगरी लोग्नेमान्छेले रुनु हुदैन भन्ने मान्यतामा । ‘वैज्ञानिक आधार छैन’ त्रिभुवन विश्वविद्यालयका शिक्षा मनोविज्ञान विषयका प्राध्यापक चिरन्जीवी शर्मा भन्छन्- ‘रुनुसग लिंगको सम्बन्ध छैन । पीडा कम गर्न स्वास्थ्यका दृष्टिले रुनु उपयुक्त हो ।’

त्यस्तै एकदशकदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानसिक रोग विशेषज्ञका रूपमा कार्यरत प्रमोद स्याङबोका अनुसार हामीले आसुमात्र होइन, मनको पीडासमेत गुम्साएर राख्नुहुदैन । पितृसत्तात्मक मुलुकमा लोग्नेमान्छेलाई शक्तिको प्रतीक मानिन्छ । जसको कारण लोग्नेमान्छे रुदा आईमाईसग तुलना गरिने संस्कारले उसलाई मनोवैज्ञानिक रूपमा कठोर बनाउने स्याङ्बोको भनाइ छ । 

रुनु हुदैन भन्ने मान्यताले भित्रभित्रै पीडाको रापमा लोग्ने मानिस पिल्सिरहेका छन् । जसले गर्दा कुण्ठाहरूको निकास हुन नपाएर उनीहरू स्वास्नी मानिसको तुलनामा बढी रिसाहा, क्रूर भएका हुन् कि – उनीहरूमा धैयधारण गर्ने शक्ति पनि कम हुन्छ । स्वास्नी मानिसमा पीडा सहने र धैयधारण गर्ने शक्ति बढी हुन्छ । शारीरिक वा मानसिक चोट पर्दा मन खोलेर रुने गरेकाले पो उनीहरूमा त्यस्तो शक्ति बढी भएको हो कि – संसारमै बलात्कार, कुटपिट, हत्याहिंसा र झगडाजस्ता आपराधिक क्रियाकलापमा तुलनात्मक हिसाबले पुरुष बढी संलग्न देखिन्छन् । कतै रुनै नपाएको कुण्ठाको असर पो हो कि ?

भर्खरै धरानमा एक प्रेमीले प्रेमिकालाई छुरा प्रहार गरेपछि आत्महत्या गरे । प्रेमिकाप्रति पलाएको आक्रोश,पीडा, गुनासो र आवेशलाई आफ्नै आसुले बगाएको भए त्यो घटना हुदैन थियो कि ?

दुःख र खुसीको अभिव्यक्ति हर्ष र आसु हो । यो मानवीय चेतना र भावनासग सम्बन्धित हुन्छ, न कि लिंगका आधारमा । बालक हुदा बेस्सरी रुने पुरुष जति जति बयस्क हुदै जान्छ त्यति, जतिसक्दो आसुलाई लुकाउछ । यसो हुनुमा लिंगका आधारमा गरिएको सामाजिक मूल्यमान्यताको परिणाम त होइन ?

मान्छेको जीवनमा दुःख र सुखका उतार-चढाव हुनेक्रममा नचाहेर पनि रुनै पर्ने क्षण आउछन् । रुनु समस्याको समाधान होइन । कायरता पनि होइन । रुदा मन हल्का हुन्छ । मनभित्रै पीडालाई जबरजस्ती कुण्ठित गर्नुभन्दा आसुले त्यसलाई पखाल्ने प्रयास राम्रो हो । आसु दुःख र पीडाको प्रतीकमात्र होइन, सान्त्वनाको अर्को नाम पनि हो । त्यसैले लोग्नेमान्छेलाई पनि मन खोलेर रुन दिउ ।

साभार – कान्तिपुर दैनिक

Entry filed under: आगन्तुकको कलमबाट, Uncategorized. Tags: .

world’s smallest goldUSB drive New painless Microneedle Inspired by Mosquitos

2 टिप्पणीहरु Add your own

  • 1. Bhola Nath Subedi(Ashok+Apeksha)  |  अगस्ट 22, 2009 मा 8:30 अपराह्न

    ma lai dherai ramro lagyo pratima ji ko lekha ho hamro samaj aaja pani uhi puranai kurama rumaliyakochha aafulai aafule kahile pani paribrana garna chhahadainna hamro samaj ka tauke vanauda haru ani arulai pani didainna paribrana huna malai ta lagdaina chhora maisa vayar runu hudaina vanekura ma lai man ma piraparna satha aakhabata aasu aaihalchha ra aarule mero pirlai kehi santa parchha tesaile ma runchhu ra sabai lai vanchhu runu pida bata kehi santona paunu pani ho bhola (ashok anjan aasu)Qatar

  • 2. Ram Prasad Prasain  |  जनवरी 15, 2010 मा 3:44 अपराह्न

    I have tried to exercise understanding focal point regarding on your article where various facades of psychological perspectives on man woman relationship in various ways.

    Postmodernism has redefined the relationship of man-woman ethos of works, places, sentiments and many more dichotomies.

    Very good article.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • ईटालीभरि फैलिँदै ‘नमस्कार’
    खासगरि नमस्कार गर्ने चलन एशियाली मुलुकमा छ । नेपाल, भारत, वंगलादेश लगायत दक्षिण एशिया देखि इन्डोनेशिया, कम्बोडिया, लाओससम्म यदाकदा फैलिएको छ । इन्डोनेशियाका हिन्दुधर्मावलम्भीहरुले भने निकै प्रयोग गर्छन् । खासगरि हिन्दू संस्क्रितिबाट आएको यो नमस्कार गर्ने चलन युरोपतिरपनि फैलिन थालेको छ । एशियालीहरुले बिभिन्न कार्यक्रम मार्फत आफ्नो कला र संस्क्रिति देखाउँदै जा […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

जुलाई 2008
M T W T F S S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031