मस्जिदको देशमा मन्दिरको संरक्षण

जुन 30, 2008 at 7:54 अपराह्न टिप्पणी छोड्नुहोस्

‘गल्ती भयो भने मलाई सच्याउनुस् है’ बोल्दै जाँदा बेला-बेलामा ह्याप्पी आग्रह गर्थे, ‘आज मैले अत्यन्तै महत्त्वपूर्ण पाहुना भेटेको छु । बुद्धको जन्मस्थलबाटै आएका यी मानिसलाई बुद्धका बारेमा मभन्दा बढी जानकारी छ ।
इन्डोनेसियाको जोग्जकार्ता प्रान्तमा रहेको बोरोबुदुर बौद्ध मन्दिर घुम्दै गर्दा हाम्रा गाइड यिनै ह्याप्पी थिए । टोलीमा हामी दुईजना नेपाली थियौँ । बुद्धको जन्मभूमि नेपालबाट आएका मानिसलाई बुद्धकै बारेमा भन्नुपर्दा उनी केही अप्ठ्यारो मानिरहेका थिए

बोरोबुदुर बौद्ध मन्दिरमा सिद्धार्थ गौतमको जन्मदेखि ज्ञान-प्राप्तिसम्मका विभिन्न चरणहरू सचित्र देखाइएका छन् । ढुंगाका स-साना टुक्रामा कुँदेर चित्रकथा तयार पारिएको छ । ह्याप्पीले केही चिनियाँ, केही भारतीय, मेक्सिकन र नेपालीलाई त्यहाँ भएका चित्रहरू हेर्दै कथा सुनाए । नौवटा विभिन्न तह भएको यो बौद्ध मन्दिरका सुरुका केही तहमा यस्ता कथा कुँदिएका छन् ।

गौतम बुद्ध जन्मनुभन्दा अगाडि आमा मायादेवी र बाबु शुद्धोधनबीच भएको वार्तालाप सचित्र उतारिएको छ । जन्मनासाथै बुद्ध नौवटा सिँढी चढेर गएको र उनले ज्ञानप्राप्तिका लागि घरबाट भागेर गएका प्रसंगहरू छन् । बेला-बेलामा हामीले बुद्धका बारेमा अहिलेसम्म नसुनेका प्रसंग पनि आउँथे । ह्याप्पी त्यतिखेर भन्थे, ‘अन्यत्र जस्तै यहाँ पनि बुद्धका कथालाई स्थानीय रहनसहन र परिपाटीसँग मेल खाने गरी लेखिएको छ । सायद, स्थानीय मानिसलाई छिट्टै प्रभाव पार्न हिन्दुस्तानबाट आएका बुद्धधर्म प्रचारकले यो शैली अपनाएका होलान् ।’ एकचोटि मात्रै पनि यो मन्दिर घुम्नेले बुद्धका बारेमा धेरै जानकारी प्राप्त गर्नसक्छ l

यहाँ आइपुग्दा लाग्छ- बुद्धका बारेमा बुद्धको जन्मभूमिमा रहेका नेपालीभन्दा यहाँका मुस्लिम धर्मावलम्बीहरू बढी जानकारी राख्छन् । अनि, उनीहरूले मन्दिरको संरक्षण पनि त्यत्तिकै मिहिनेतसाथ गरेका छन् । धर्म फरक परे पनि उनीहरूमा सम्पदा संरक्षण गर्नुपर्छ भन्ने चेतना छ । इन्डोनेसियामा सबैभन्दा बढी हिन्दू र बौद्ध धर्मावलम्बीहरूको बसोबास भएको प्रान्त बाली हो । बोरोबुदुर मन्दिर भएको जोग्जकार्ता प्रान्तमा भने पुगनपुग तीन प्रतिशत मानिस मात्रै हिन्दू र बौद्ध धर्म मान्छन् । जोग्जकार्ता, ३३ वटा प्रान्त भएको इन्डोनेसियाको विशेष प्रान्त हो । अरू सबै प्रान्तका गभर्नरहरू यहाँको गृहमन्त्रालयले नियुक्त गरेर पठाउँछ, तर जोग्जकार्तामा भने यहाँका सुल्तान नै गभर्नर हुने परम्परा रहेको छ । यसरी नियुक्त हुने गभर्नर पद वंशाणुगतरूपमा सर्दै जान्छ ।

आठौं र नवौं शताब्दीमा ७५ वर्ष लगाएर यो बौद्ध मन्दिर निर्माण गरिएको हो । यो मन्दिर १६ लाख ज्वालामुखीबाट बनेका चट्टान मिलाएर बनाइएको छ । यसलाई विश्वकै सबैभन्दा ठूलो बौद्ध सम्पदा मानिन्छ । ह्याप्पी गौतम बुद्धको जन्म नेपालको कपिलवस्तु जिल्लामा भएको प्रसंग पनि झिक्छन् र भन्छन्, ‘गौतम बुद्धको जन्म भएको असली ठाउँ हेर्न नेपाल जानुपर्छ ।

नेपालमा जन्मेका बुद्ध दरबारको सुखसयल छोडेर अहिलेको भारतीय भूभागमा गई ज्ञान प्राप्त गरे । त्यही ज्ञान नै अहिले धर्म भयो । यहाँ विभिन्न रूपका पाँच सय चारवटा बौद्ध मूर्ति छन् । मन्दिरको सबैभन्दा माथिल्लो तहलाई निर्वाणप्राप्तिको तह भनिन्छ । नवौं तलामा रहेको यस ठाउँमा पुग्दा अरू भाग निकै तल देखिन्छ । यहाँसम्म पुग्ने सबैले निर्वाण प्राप्त गर्छन् भन्ने उनीहरूको विश्वास छ । हुन पनि हो तलको प्रचण्ड घाम र गर्मीमा उकुसमुकुस भएका मानिसहरू, यहाँ आउने चिसो बतासका कारण त्यसै पनि प्रफुल्ल हुन्छन् । यहाँबाट वरिपरि हेर्दा देखिने दृश्यका कारण पनि मन्दिरको सबैभन्दा माथि पुगेपछि अर्कै संसारमा पुगेको अनुभूति हुन्छ, आनन्द लाग्छ । यही बेलामा ह्याप्पी भन्छन्, ‘यहाँ भएको बुद्ध मूर्तिको दाहिने पाखुरा समाएर तीन वर माग्नुस् । तीन महिनाभित्रमा पूरा हुन्छ ।’ मनको कुरा माग्ने यो तरिका केटाका लागि मात्रै रहेछ । ‘केटीले भने बुद्धको देब्रे तिघ्रा समाएर तीन वर माग्नुस्,’ सिन्ह्वा न्युज एजेन्सीका तर्फबाट आएका चिनियाँ युवतीहरूलाई उनी भन्दै थिए । त्यति मात्रै हो र, यहाँ भएको स्तूपलाई तीनचोटि परिक्रमा गरेरसमेत वर माग्ने चलन रहेछ । मेक्सिकन वातावरण पत्रकारहरूको नेटवर्कका तर्फबाट आएका मिक्वेल एन्जेल डि एल्बाले त यो काम पनि सिध्याए । भन्थे, ‘विश्वास हो, पुगे पुगिहाल्छ नपुगे पनि मलाई हानि त गर्दैन नि ।’

मानिसको यही आस्था र विश्वास तथा प्राचीन सम्पदा संरक्षण गरेर यहाँका मानिसले आम्दानीसमेत गरिरहेका छन् । पर्यटकलाई घुमाउन आउने गाइडहरू र सामान बेच्न पछि लाग्नेहरूको हुल हेर्दा यहाँ निकै मानिसले रोजगारी पाएको अनुमान लगाउन सकिन्छ । नेपालमा हामी जातीय र धार्मिक विवादमा रुमल्लिइरहँदा जोग्जकार्ताका मानिसहरू भने धार्मिक धरोहरहरूको संरक्षणमा लागिरहेका छन् ।
अन्यत्रझैं यहाँ पनि हिन्दू र बौद्ध धर्म मिसिएको छ । यहाँ भएका बौद्ध मन्दिर र हिन्दू मन्दिरमा यो कुरा प्रस्ट देखिन्छ ।

इन्डोनेसिया भुइँचालो आउने र ज्वालामुखी धेरै विस्फोट हुने देश हो । यहाँ भएका ज्वालामुखी विस्फोटले वर्षौंसम्म एसियाको आकाश धुवाँले ढाक्ने र विस्फोटको आवाज दक्षिणी सिमानाको अस्ट्रेलियासम्म पनि सुनिने गर्छ । यसरी फुटेका ज्वालामुखीले बनेका पहाड यहाँ थुप्रै छन् । अहिले पनि ज्वालामुखीका यस्ता पहाडबाट तातो लाभा निस्किएर बगिरहेको हुन्छ । यसरी फुट्ने ज्वालामुखी र भूकम्पले यहाँ भएका सम्पदाहरू ध्वस्त पार्छन् । यस्तै ध्वस्त भएको सम्पदास्थल हो, प्राम्बनान मन्दिर ।
प्राम्बनान मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । सन् २००६ को मे महिनामा जाभामा आएको शक्तिशाली भूकम्पले भत्काएको यो मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । त्यसैले मन्दिरको सबै भाग पर्यटकका लागि खुला गरिएको छैन ।यहाँ हिन्दूका त्रिदेव ब्रह्मा, विष्णु र महेशको मन्दिर एकै ठाउँमा रहेको छ । सबैभन्दा पूर्व संहारकर्ता शिव आफ्नो वाहन नन्दीलाई अगाडि राखी ४७ मिटर अग्लो मन्दिरमा विराजमान छन् । हाँस र गरुडका साथ दक्षिणमा सृष्टिकर्ता ब्रह्मा र उत्तरतिर संरक्षणकर्ता विष्णुको मन्दिर छ । दसौं शताब्दीमा बनेका यी मन्दिरमा रामायणका कथा कुँदिएका छन् । दसौं शताब्दीका सबैभन्दा राम्रा हिन्दू मन्दिरमा गनिने यी मन्दिरहरू राकाई पिकातान र राकाई बालितुङ नामका दुईजना राजाका राज्यकालमा बनेका हुन् ।

यी मन्दिरहरू धेरै पहिला इन्डोनेसियामा हिन्दू धर्मको व्यापकता भएका बेला बनेका हुन् । तर, समयक्रमसँगै यहाँ हिन्दू धर्मलाई मुस्लिम धर्मले विस्थापन गरे पनि यी मन्दिरमाथि कसैले पनि दुस्मनी राखेन । बरु उनीहरूले उल्टै संरक्षण गर्दै आए । मन्दिर ढुंगै-ढुंगाले बनेको छ । अनि, एउटा मात्रै ढुंगाको सन्तुलन बिगि्रयो भने पनि सारा भवन नै भताभुंग हुन्छ । त्यसैलेे यहाँको वास्तुकलाको संरक्षण गर्ने काममा युनेस्कोसमेत लागिपरेको छ ।

यहाँ मन्दिर मर्मतको काम निकै गाह्रो छ । बारम्बार आइरहने भुइँचालो र ज्वालामुखी विस्फोटका कारण यहाँको भूभाग स्थिर बन्न सकेको छैन । यहाँ भएका साना-ठूला दुई सय २४ वटा मन्दिरहरू अझै पनि मर्मत-सम्भारको अभावमा रहेका छन् । मन्दिर बनाउन प्रयोग गरिएका ढुंगाहरू जताततै छरिएका छन् ।

मन्दिरको छाना छैन, तर यहाँ परेको पानी तर्काउने उनीहरूको आफ्नै विशिष्ट ज्ञान छ । यहाँ परेको पानी जम्मा भएर मन्दिरका हरेक कुनामा रहेको कलात्मक सिंहको मुखको बाटो हुँदै बाहिर जान्छ । बोरोबुदुर बौद्ध मन्दिर र प्राम्बनान मन्दिर जस्तै सम्पदाहरूको संरक्षण गरेकै कारण हिजोआज जोग्जकार्तामा संसारभरिका विद्यार्थीहरू यहाँको संस्कृति पढ्न आउँछन् ।

हिन्दू धर्ममा रहेको जातीय भेदभाव यस मन्दिरमा पनि प्रशस्तै थियो । केही अगाडिसम्म यी तीनवटै मन्दिरका माथिल्लो भागमा तल्लो जातका मानिसलाई जान निषेध गरिएको थियो । उनीहरू जातीय भेदभावको सिकार बनेका थिए । धर्मले नै छेकेका कारण तल्लो जातका मानिसले यहाँ भएको सुन्दरतालाई हेर्नसमेत पाएका थिएनन् । तर, समयले पल्टा खायो । जोग्जकार्तामा मुसलमानहरूको बाहुल्य भयो । अनि, बिस्तारै तल्लो जातिमाथि मन्दिर प्रवेशमा लगाइएको रोक हट्यो । अहिले यहाँ सबै जाति र धर्मका मानिसहरू मन्दिरको उपल्लो भागसम्म जान सक्छन् । नेपालमा पनि जातीय छुवाछूतको यस्तो भेदभाव कायमै छ । जसलाई नसुधारे हिन्दू धर्मप्रति रहेको मानिसहरूको आस्था मेटिनसमेत सक्छ ।

सुशील मैनाली स्रोत -नया पत्रीका

Entry filed under: यताउता को कुरा. Tags: .

Martian Soil Could Support Life OCN will watch your daily uploads

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • ईटालीको ब्यापारिक मेलामा नेपालीपनि
    इटालीको उत्तरपूर्वी शहर पादोभा संपन्न छ । सुसंस्क्रित छ । यहाँ वार्षिक रुपमा ब्यापारिक मेला लाग्छ । अहिले एशियाली अर्थात तिनको भाषामा ओरिएन्टल मेला लागिरहेको छ । यसको अर्थ एशियाली हस्तकला, संस्क्रिति र ब्यापारिक सामग्रिलाई प्रोत्साहन गर्ने, चिनाउने हो । यसमा थोरै नेपालीले भाग लिएका छन् । एभेरस्ट क्राफ्टका तर्फबाट एन आर एन स्विजरल्याण्डका पूर्व […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

जुन 2008
M T W T F S S
« Apr   Jul »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30