Archive for June 30, 2008

मस्जिदको देशमा मन्दिरको संरक्षण

‘गल्ती भयो भने मलाई सच्याउनुस् है’ बोल्दै जाँदा बेला-बेलामा ह्याप्पी आग्रह गर्थे, ‘आज मैले अत्यन्तै महत्त्वपूर्ण पाहुना भेटेको छु । बुद्धको जन्मस्थलबाटै आएका यी मानिसलाई बुद्धका बारेमा मभन्दा बढी जानकारी छ ।
इन्डोनेसियाको जोग्जकार्ता प्रान्तमा रहेको बोरोबुदुर बौद्ध मन्दिर घुम्दै गर्दा हाम्रा गाइड यिनै ह्याप्पी थिए । टोलीमा हामी दुईजना नेपाली थियौँ । बुद्धको जन्मभूमि नेपालबाट आएका मानिसलाई बुद्धकै बारेमा भन्नुपर्दा उनी केही अप्ठ्यारो मानिरहेका थिए

बोरोबुदुर बौद्ध मन्दिरमा सिद्धार्थ गौतमको जन्मदेखि ज्ञान-प्राप्तिसम्मका विभिन्न चरणहरू सचित्र देखाइएका छन् । ढुंगाका स-साना टुक्रामा कुँदेर चित्रकथा तयार पारिएको छ । ह्याप्पीले केही चिनियाँ, केही भारतीय, मेक्सिकन र नेपालीलाई त्यहाँ भएका चित्रहरू हेर्दै कथा सुनाए । नौवटा विभिन्न तह भएको यो बौद्ध मन्दिरका सुरुका केही तहमा यस्ता कथा कुँदिएका छन् ।

गौतम बुद्ध जन्मनुभन्दा अगाडि आमा मायादेवी र बाबु शुद्धोधनबीच भएको वार्तालाप सचित्र उतारिएको छ । जन्मनासाथै बुद्ध नौवटा सिँढी चढेर गएको र उनले ज्ञानप्राप्तिका लागि घरबाट भागेर गएका प्रसंगहरू छन् । बेला-बेलामा हामीले बुद्धका बारेमा अहिलेसम्म नसुनेका प्रसंग पनि आउँथे । ह्याप्पी त्यतिखेर भन्थे, ‘अन्यत्र जस्तै यहाँ पनि बुद्धका कथालाई स्थानीय रहनसहन र परिपाटीसँग मेल खाने गरी लेखिएको छ । सायद, स्थानीय मानिसलाई छिट्टै प्रभाव पार्न हिन्दुस्तानबाट आएका बुद्धधर्म प्रचारकले यो शैली अपनाएका होलान् ।’ एकचोटि मात्रै पनि यो मन्दिर घुम्नेले बुद्धका बारेमा धेरै जानकारी प्राप्त गर्नसक्छ l (more…)

Advertisements

June 30, 2008 at 7:54 pm Leave a comment


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • जैविक विविधतामाथि मडारिएको खतरा (विश्व जैविकविविधता दिवश विशेष)
    -निर्भय कर्ण / पश्चिम दिल्ली, भारत हाम्रो पृथ्वी हरियाभरिया रुखविरुवाले भरिएको सुन्दर छ, जसमा सबै प्राणीहरूको आफ्नै महत्त्वपूर्ण योगदान र महत्त्व छ । हरियो रुखहरू, विभिन्न प्रकारका जौ, हावा, पानी, प्लेटस, नदीहरू, समुद्र, सागर, आदि सबै प्रकृति हो, जुन हाम्रो अस्तित्व र विकासको लागि आवश्यक छ । पृथ्वीले हामी सबैलाई खाना खान मात्रै होइन जीवन […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • भाषिक उपनिवेश नेपाल
    हालैका समाचारहरु अनुसार चालू आर्थिक वर्षको आठ महिनाको व्यापार घाटा साढे आठ खर्ब पुगेको छ । यहि दर कायम रहेमा आर्थिक वर्षको अन्त्यसम्ममा यो घाटा १३ खर्बको नजिक पुग्नेछ ।  यो आर्थिक वर्षको बजेट १३ खर्ब हाराहारीको छ । यसरी वार्षिक बजेट बराबरकै ब्यापार घाटा छ देशको । हामी आफूलाई कहिल्यै उपनिवेश नबनेको, स्वतन्त्र देश भनेर नाक फुलाएर चिनाउन खुब रुचाउँछौं तर ब्यापा […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Unknown

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

June 2008
M T W T F S S
« Apr   Jul »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30