इन्टरनेटको गति ४० गुणा बढ्ने

November 17, 2007 at 12:31 am Leave a comment

नेपाल टेलिकमले आधारभूत टेलिफोनमार्फत ‘डायलअप’ प्रणालीबाट सञ्चालनै हुने इन्टरनेट गतिलाई ४० गुणा बढाउने भएको छ । तर यो सुविधा उपयोग गर्न कम्तीमा तीन महिना कुर्नु पर्नेछ ।पछिल्लो प्रविधि एस्मेटि्रक डिजिटल सब्सक्राइवर लाइन -एडीएसएल) प्रयोग गरेर सुविधा बढाउन लागिएको हो । टेलिकमद्वारा सञ्चालित आधारभूत टेलिफोनमा यो सेवा थप गरिनेछ ।

कम्पनीका प्रबन्धक लोचनलाल आमात्यका अनुसार टेलिफोनमा एडीएसएल जडान गरेपछि एकैचोटी इन्टरनेट, टेलिफोन, इन्टरनेटमा आधारित र सामान्य टेलिभिजन हेर्न सकिन्छ ।

हाल नयाँ प्रविधिका लागि सामान जडान भइरहेको टेलिकमले जनाएको छ । छिट्टै यसको आन्तरिक परीक्षण गर्ने तयारी भइरहेको आमात्यले बताए । यो सेवाको महसुल निर्धारणका लागि पनि छलफल भइरहेको उनले बताए ।

टेलिफोन एक्सचेन्जदेखि तामाको तारमार्फत घरमा जडित टेलिफोन तारमा थप उपकरण जडान गरेर एकैचोटी तीव्र गतिको इन्टरनेट चलाउन सकिन्छ । यो प्रविधिमा २० मेगाविट्स प्रतिसेकेन्डको गतिसम्म ‘डाटा ट्रान्सफर’ क्षमता भए पनि टेलिकमले पहिलो चरणमा दुई मोगविट्स क्षमतामात्र उपलब्ध गराउने जनाएको छ ।

हाल टेलिकमले ५६ किलोविट्सको गतिमात्र डायलअप टेलिफोनमा उपलब्ध गराएको छ ।

‘सेवाको लोकपि्रयताको आधारमा यसको क्षमता साविकभन्दा ४ सय गुणासम्म बढाउन सकिन्छ,’ आमात्यले भने । उनका अनुसार टेलिफोन एक्सचेन्जदेखि घरसम्म तामाको तारको दूरी जति कम हुन्छ, त्यत्ति नै यसको गुणस्तर बढी हुन्छ ।

यो प्रविधिपछि घरमा इन्टरनेट चलाउँदा टेलिफोनको बिल तिर्नु पर्दैन । स्काई डाटा फोन र पीसीएमसीआईए प्रविधिबाट इन्टरनेट चलाउँदा आदान-प्रदान गरिएका डाटाका आधारमा महसुल लगाएझैं बिलिङ गरिनेछ । आमात्यले प्रायः नेपालीले इन्टरनेटबाट विभिन्न डाटाहरू डाउनलोड गर्ने भएकाले डाउनलिंक क्षमता बढी भएको उपकरण उपयोग गर्ने जानकारी दिए । डाटा आदान प्रदानका आधारमा महसुल लगाउँदा उपभोक्ता बढी लाभान्वित हुनेछन् ।

टेलिकम स्रोतका अनुसार यो प्रविधिअनुसार इन्टरनेट सेवा प्रदायक र टेलिफोनको शुल्क तिर्नु नपर्ने भएकाले उपभोक्तालाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रयोगको अवसर हुनेछ । यसबाहेक विश्वका विभिन्न मुलुकबाट आउटसोर्सिङसम्बन्धी काम पनि ल्याएर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

आउटसोर्सिङसम्बन्धी कामहरू गर्नका लागि नेपाल उपयुक्त गन्तव्य हुने गरे पनि इन्टरनेटको गति कम भएको भन्दै लगानी हुनेगरेको छैन । केही समयअघि बनेपास्थित सूचना प्रविधि पार्कमा बसेको जाभ्रा कम्पनीले इन्टरनेटको गति कम भएको भन्दै काठमाडौंमा सरेको थियो । आउटसोर्सिङ व्यवसायमा इन्टरनेटको गतिलाई मुख्य पूर्वाधारका रूपमा लिने गरिन्छ । छिमेकी भारतमा महानगर टेलिकम निगम लिमिटेडले यो सेवा सुरु गरिसकेको छ ।

अमेरिका, चीन, जापान, बेलायत, प|mान्स, जर्मनी, दक्षिण कोरिया, इटाली, स्पेन, ताइवान, आइसल्यान्ड, नेदरल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, फिनल्यान्ड, नर्वे, क्यानडालगायतका मुलुकमा यो प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइसकेको छ ।

कान्तिपुर संवाददाता

Advertisements

Entry filed under: यताउता को कुरा, internet, technology.

Gibson meets Boo Boo Birthday of VacuumTube

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

RSS अनलाइन खसखस

  • An error has occurred; the feed is probably down. Try again later.

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930