मेरो स्पन्दन र प्रशान्तमय राजधानी

सेप्टेम्बर 25, 2007 at 12:14 बिहान टिप्पणी छोड्नुहोस्

इन्डियन आइडोल्-३ को चर्चाले  नेपालका शहरहरु अहिले जताततै प्रशान्तमय भैरहेको बेला मेरो सानो छोरा स्पन्दनमा पनि प्रशान्त प्रतिको क्रेज देख्दा साच्चै नै अचम्म लाग्यो मलाई त । हिजो अचानक मैले प्रसँगवस इन्डियन आइडोल को बारेमा स्पन्दनसँग फोनमा कुरा गर्दा मैले सोचेको भन्दा फरक पाए, कारण के भने कहिले पनि मसँग खुलेर कुरा नगर्ने मेरो छोरो, प्रशान्तको कुरा निस्फिक्री साथ मसँग गर्दै थियो ।

सानै देखी अलि लजालु स्वभावको भएकोले मलाई उ भित्रको परिवर्तन देख्दा कताकता अचम्म अनि खुशी पनि लाग्यो । हिजो इन्डियन आइडोलको ग्रान्ड फाइनल को दिन, को हुन्छ त बिजेता भनेर सोधेको थिए । जवाफमा उसले सिधै प्रशान्तले नै जित्छ भन्यो ।  मैले उसलाई अझै चिढ्याउने हिसाबले प्रशान्तको बारेमा उट्पट्याङ कुरा गरे ता कि उ मसँग अझै खुलेर कुरा गरोस तर बिपरित उ त झन मसँग रिसाएर ड्याडी म त फोन राख्दिन्छु भनेर फोन पो राखिदियो ।

प्रशान्तको बारेमा केहि पनि नराम्रो सुन्न नचाहने मेरो स्पन्दन, हिजो आज गोजिमा प्रशान्तको फोटो लिएर हिडदो रहेछ र आखा लाग्छ भनेर प्रशान्तको फोटोमा कालो टिका पनि लगाइ दिएको रैछ । हुँदा हुँदा मेरो स्पन्दन पनि प्रशान्तमय  भएछ गजब पो लाग्यो मलाई त।

नभन्दै हिजो स्पन्दनले भनेको जस्तो नै  प्रशान्त तामाङ इन्डियन आइडोल को उपाधी जित्न सफल पनि भयो। नेपाली मूलका दार्जिलिङ निवासी २४ वर्षीय  प्रशान्त तामाङलाई इण्डियन आइडोल – ३ भएको घोषणा बलिवुड कलाकार जोन अब्राहमले गरेका थिए।

प्रशान्त तामाङलाई इण्डियन आइडोल बनेको घोषणा गर्दा उनी निकै भावुक भएका थिए। विजयले भावुक भएका प्रशान्तले इण्डियन आइडल प्रतियोगीतामा सहभागीका लागि अनुमति दिने पुलिस टिम, आफूलाई भोट दिएर सहयोग गर्ने सिक्किम, नेपाल, दार्जिलिङ र इण्डियाका सबै समर्थक र आफूहरुलाई जन्म दिने आमालाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

प्रशान्तलाई इण्डियन आइडोलमा विजयी हुनासाथ उनको शिरमा नेपाली ढाका टोपी ओडाई दिएको थियो। हर्ष र खुशीले भावुक बनेका प्रशान्तले उनका प्रतिद्वन्दी सिलोङका अमित पल, इण्डियन आइडोलका जजहरु र आफन्तसंग खुशी साटेका थिए।

प्रशान्तलाई सोही कार्यक्रममा १ करोड भारूको चेक र मारूती सुजुकी कारको चावी प्रदान गरिएको थियो। त्यसै गरी अमित पललाई पनि मारूती सुजुकी कम्पनीको तर्फबाट कारको चावी प्रदान गरिएको थियो।

प्रशान्तले इण्डियन आइडोल- ३ उपाधि जितेपछि दार्जलिङमा खुशीको लहर छाएको छ। पट्का पट्काएर खुशीयाली मनाएका छन्।  राजधानी काठमाण्डौ लगायत बिभिन्न शहरहरुमा हिजो राती नै इन्डियन आइडोल-३ को औपचारिक घोषणा हुने बित्तिक्कै प्रशान्तका समर्थक तथा शुभेच्छुकहरूले खुशीयाली मनाएको थियो। विदेशमा रहेका नेपालीहरूले पनि खुशीयाली पार्टीहरू मनाएको खबर छ।

यसैबीच, नेपालका आफ्ना समर्थक तथा दर्शकहरूसंग खुशी साट्न प्रशान्त सेप्टेम्बर २९ मा काठमाण्डौ र ३० मा पोखरा जाने भएका छन्।

Click play to view Result of Indian Idol3

 

Entry filed under: आफनै कुरा, यताउता को कुरा. Tags: .

Daniel Browning Smith : Rubber Boy 1GB Storage Past & Now

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • राष्ट्रघाती बिरुद्द चित्रबहादुर केसीको संसदमा भनाई (अडियो रेकर्ड)
    अहिले मधेशलाई हिमाल र पहाडबाट छुट्टाउने । हिन्दी भाषालाई नेपाली भाषा सरह कामकाजीको भाषा, राष्ट्रिय भाषाका रुपमा मान्यता दिने । काँकडभित्ताबाट महेन्द्रनगरसम्मको भूभाग कसरि पहाडबाट छुट्ट्याउने ? नेपालको संविधान ड्राफ्ट हुनु अघि भारतीय दूतावास लैनचौरमा लगेर त्यहाँबाट कसरि तिनको स्वार्थ अनुरुप पास गराउने ? नेपाललाई कसरि सिक्किमिकरण गर्ने ? यस्ता विषयमा मूलत सरका […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

सेप्टेम्बर 2007
M T W T F S S
« Aug   Oct »
 12
3456789
10111213141516
17181920212223
24252627282930