वेबसाइट प्रशान्तमय

September 13, 2007 at 11:25 pm 2 comments

prashant.jpgइन्डियन आइडोल अनि प्रशान्त तामाङ यो नाम नसुन्ने शायदै कोही नेपाली होला ? दिन प्रती दिन रोमान्चक हुँदै गैरहेको अहिलेको इन्डियन आइडोल-३ को क्षणमा ब्लग अनि वेभ साइटहरुमा प्रशान्त तामाङले चर्चा नपाउने त कुरै भएन, जस्ले गर्दा अहिले वेब साइटहरु जताततै प्रशान्तमय भएको छ ।

मेरो ब्लगमा पनि मैले प्रशान्त को बारेमा पहिलो चोटी लेख्ने चेष्टा गर्दैछु । हिजो आज जुनसुकै साइट भिजिट गर्नुस उतै इन्डियन आइडोल अनि प्रशान्त को मात्रै चर्चा, यसो कतै कोही साथी भेट्यो कि, प्रशान्त अनि इन्डियन आइडोल कै कुरा ।

साच्चै, जतिजती अन्तिम लक्ष्यनेर प्रशान्त आइपुगे त्यती नै इन्डियन आइडोल सन्सनिपुर्ण बन्दै गैरहेको छ,  मलाई पनि पहिले पहिलेको एपिसोड हेर्दा त प्रशान्त टप टेनबाट फाइभमा पनि पुग्ने हो कि होईन जस्तो लागेको थियो तर कुनै गायन सम्बन्धी शिक्षा, तालिम बिना पनि हरेक पल्ट अघिल्लो गीत भन्दा फरक अनि राम्रा एवम उत्कृष्ट गीत गाएर टप फाइभ बाट पनि फोर्, थ्री हुँदै अहिले टप टु मा पुग्न सफल भए । 

अब आउने आइतबार २३ सेप्टेम्बरमा हुने इन्डियन आइडोल-३ को ग्रान्ड फाइनलमा प्रशान्त को भिडन्त आफ्नै घनिष्ठ मित्र एवम गायक अमित पौल सँग हुनेछ । नतिजाको लागी केहि समय त कुर्नुपर्ने नै हुन्छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले बेलुकी ८ बजे देखी रात्री १० बजे सम्म यसको प्रत्यक्ष प्रसारण गर्नेछ र इन्डियन आइडोल-३ को औपचारिक घोषणासगै यो कार्यक्रमको अन्त्य हुनेछ ।

prashantinboudha.jpg

Vote for Prashant Tamang and make him Indian Idol

अहिले प्रशान्तलाई जिताउन निकै प्रचार प्रसार अभियाननै चलेको छ, प्रशान्तको जीतमा नै राष्ट्रको गौरव ठान्ने हरुको पनि कमी छैन हिजो आज । धरान, बिराटनगर्, काठ्माण्डौ लगायत नेपालका बिभिन्न शहरबाट प्रशान्तलाई लक्ष्य सम्म पुर्याउन प्रशान्तका फ्यान हरु एसएम्एस गर्न अहिले दार्जीलिङमा ओइरोलागेको छ ।

प्रशान्तको समर्थन अनि विजयको लागी पूर्वान्चल लगायत राजधानीका बिभिन्न भागमा पोस्टरिङ्गको होड नै चलेको छ, ठुल्ठ्ला ब्यानरहरु जताततै देख्न पाइन्छ । देश बिदेशबाट पनि अहिले प्रशान्तलाई सफलता को शिखरमा पुर्याउन ठुलो धनराशी ओइरी रहेको देख्न अनि सुन्न पाइन्छ ।prashants-fan1.jpg

प्रशान्त इन्डिया मा जन्मेर हुर्के अनि कोलकात्ता पोलिसमा जागिर गरे पनि आखिर उ एक नेपालीको छोरा हो र उ भित्र पनि बिर नेपालीको रगत बगिरहेको छ जुन तपाईं हामी सबैमा बगिरहेको छ ।

त्यसैले जो जहाँ भए पनि हामी आखिर नेपाली नै हौ, भौगोलिक धरातलमा चाहे जहाँ नै भए पनि, सकिन्छ भने आ-आफ्नो ठाउ बाट सक्दो सहयोग गरौ । अग्रीम बधाइ तथा  शुभ-कामना छ प्रशान्तलाई  मेरो तर्फ बाट पनि इन्डियन आइडोल-३ को लागी…………………

आखिर जो जहाँ भए पनि  यो मन त मेरो नेपाली हो ,यो मन त मेरो नेपाली हो………….

 केहि Related साइटहरु –

Advertisements

Entry filed under: आफनै कुरा, यताउता को कुरा.

9 words that Women Often Use Hydrogen Fuel Cell Bike

2 Comments Add your own

  • 1. himalibabu  |  September 14, 2007 at 12:12 am

    this is a nice article composed regarding the Prashant tamang the favourite person ever of the nepalese ever who has been doing great job showing his singing skill even not formally get trained but winning those trained voice with the long time …now is the last chance for prashant to get on the top of goal..by winning his favourite friend…AMIT PAUL..and we all nepalese are waiting to see prashant crown INDIAN IDOL 3…

    HIMALI BABU

  • 2. himalibabu  |  September 14, 2007 at 12:13 am

    GREAT JOB publishing Prashant article on your blog..i am feeling so great…and like to see every in the news PRASHANT…PRASHANT PRASHANT….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी
    पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका थलो चिनाउन आयोजना गरिने वार्षिक मेलामा नेपाली सांस्क्रितिक ग्रिहले यो पटक नेपालका बिभिन्न लेखकका थरिथरिका पुस्तकहरु प्रद्र्शनी गर्ने […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • बिदामा के गर्ने?
    यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगल […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

September 2007
M T W T F S S
« Aug   Oct »
 12
3456789
10111213141516
17181920212223
24252627282930