चैतमा नयाँ वर्ष, कात्तिकमा लगन

June 30, 2007 at 6:45 pm Leave a comment

अबको तीन वर्षपछि भदौमा दसैं, चैतमा नयाँ वर्ष र कात्तिकमा बिहेको साइत जुराउनु हुनेछ भन्दा पत्याउनु हुन्छ ? ‘पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन’ कार्यान्वयन गर्ने हो भने हामीले मनाउँदै आएका चाडपर्व साविकभन्दा एक महिनाअघि आउनेछन् । केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पेस गरेको प्रतिवेदनले पञ्चाङ्ग सुधार्न सरकारलाई सुझाव दिएको छ ।

हामीले मनाउने चाडपर्व र अरू सांस्कृतिक अभ्यास निर्धारित समयभन्दा करिब २४ दिन ढिला भएकाले ऋतुसँग तालमेल मिलाउन क्यालेन्डर बदल्नुपरेको कार्यदलले जनाएको छ । यी चाडपर्व र सांस्कृतिक कार्यक्रमहरू ऋतुमा आधारित छन् ।

कार्यदलले २०६७ सालदेखि क्यालेन्डर परिवर्तन गर्न सिफारिस गरेको छ । सुझाव कार्यान्वयन गर्नुअघि ज्योतिषहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्न पनि कार्यदलले सुझाव दिएको छ ।

पञ्चाङ्ग सुधारको निर्णय धार्मिक आधारमा मात्र नभई वैज्ञानिक रूपमा पनि उचित रहेको उनीहरूको दाबी छ । पछिल्लो १ हजार ६ सय ५६ वर्षयता क्यालेन्डर परिवर्तन नभएको कार्यदलका सदस्यले जनाएका छन् । ‘पृथ्वी आफ्नो अक्षमा २३ दशमलव ५ डिग्रीको झुकावले परिक्रमा गर्दा हरेक ७२ वर्षमा एक दिन थपिन्छ,’ कार्यदलका सदस्य जयन्त आचार्यले भने- ‘त्यस हिसाबले हाम्रो क्यालेन्डर नियमित समयभन्दा करिब २४ दिनले पछि परेको छ ।’ 

क्यालेन्डरमा २४ दिनले फरक परे पनि व्यवहारमा सजिलो बनाउन एक महिनाअगाडि सार्न सिफारिस गरिएको कार्यदलको भनाइ छ । ‘पृथ्वीको अक्षांश निकै ढिलो सर्ने भएकाले ६ दिनको फरकले खासै प्रभाव पर्ने छैन,’ उनले भने- ‘पटक-पटक क्यालेन्डर परिवर्तन नगर्ने भएकाले दीर्घकालमा यो मिल्दै जानेछ ।’

प्रतिवेदनले समय तालिकामा समायोजन गर्न २०६६ चैतलाई २०६७ को वैशाख महिनामा परिणत गर्न सिफारिस गरेको छ । त्यसअनुसार उक्त वर्ष ११ महिनाको हुनेछ र बाह्रौं महिनाको चैतमा विक्रमसम्वतको नयाँ वर्ष घोषणा हुनेछ । सुरुको एक वर्ष परिवर्तन गरेपछि अरू वर्ष फेरिराख्न

नपर्ने समितिले जनाएको छ । ‘पहिलोबाहेक अरू वर्षमा जनतालाई कुनै फरक पर्ने छैन,’ कार्यदलका सदस्यसचिव हरिनारायण मल्लले कान्तिपुरसँग भने । 

तर जनतालाई मानसिक रूपमा तयार पार्न व्यापक प्रचारप्रसारको खाँचो रहेको उनले बताए । ‘त्यसैले तीन वर्षपछि मात्रै कार्यान्वयन गर्न सिफारिस गरेका हौं,’ मल्लले थपे- ‘त्यसअघि अन्तर्राष्ट्रिय गोष्ठी लगायत राष्ट्रिय र स्थानीय तहमा थुप्रै प्रचारप्रसार आवश्यक छ ।’

‘पञ्चाङ्ग सुधार्न आवश्यक पर्छ, नत्र हाम्रा सारा काम विफल हुन्छन्,’ मल्लले भने- ‘आजको राजनीतिक र आर्थिक समाधान यसैमा निर्भर छ ।’ प्रतिवेदनले यसै वर्षभित्र चाडपर्व सार्ने निर्णय गर्न सरकारलाई सुझाव दिएको छ ।

संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री पृथ्वीसुब्बा गुरुङले समितिको सुझाव व्यावहारिक र परिष्कृत लागेको भन्दै आउँदो आर्थिक वर्षका लागि आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको बताए । ‘अरू कार्यक्रम कटौती गरेर भए पनि यसलाई बजेट उपलब्ध गराउनेछौं,’ प्रतिवेदन बुझेपछि उनले भने- ‘यसबारे सबै जनताले थाहा पाउनुपर्‍यो ।’ प्रतिवेदन छिट्टै प्रस्तुत गर्ने र त्यहाँबाट कसरी काम गर्ने भन्ने निर्णय गरिने जानकारी उनले दिए । तीन वर्षसम्म प्रचारप्रसारका लागि वाषिर्क करिब १५ लाख रुपैयाँका दरले बजेट मागिएको छ । यस्तै प्रयास भारतमा समेत भए पनि त्यहाँ यो सफल भएन ।

कान्‍तिपुर संवाददाता – मैना धिताल
Advertisements

Entry filed under: यताउता को कुरा.

Can you do this? Exploring World: Culture Focus

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • पूर्वी क्षेत्रमा बाढीको असर (बाढीग्रस्त क्षेत्रमै पुगेर खिचेका तस्विरहरुको कथा)
    सरिता खड्का / रौतहट   पूर्वी क्षेत्रमा बाढिले धेरैको बिचल्ली भएको छ । पूर्वी जिल्लाका रौतहट र सिराहातिर हजारौं बिस्थापित भएका छन् । हामी त्यहाँ पुग्दा साह्रै दर्दनाक अवस्था देखियो । साना साना केटाकेटीपनि अलिकति खाना र केहि लुगाकालागि याचना गरिरहेका छन् । बाहिरबाट कुनै नौला मानिसको समूह देखिएपछि हुरुर्र त्यतै लाग्छन्, केहि खानेकुरा र […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

June 2007
M T W T F S S
« May   Jul »
 123
45678910
11121314151617
18192021222324
252627282930