केवल तिम्रो अनि मेरो संसार

May 16, 2007 at 11:22 am 2 comments

शब्‍दले माया गर्छन रे मानिसहरू
तर म त त्‍यस्‍तो गर्दिन 
त्‍यसैले त मैले कहिल्‍यै पत्र कोरिन ।
इन्‍द्रियहरूले माया गर्ने पनि छन यहां 
म यसो पनि गर्दिन 
थाहै छ तिम्रो शरिर कहिल्‍यै टेकेको छुइन मैले।
माया कसैले धनले गर्छन रे
तर मसंग माया साट्‌नलाइ धन पनि छैन
मैले कहिल्‍यै फोस्रो आडम्‍बर गरिन तिमीलाइ थाहै छ ।
मायाबारे मेरो आफ्‍नै धारणा छ 
अनि बेग्‍लै नियम र आदर्श छ भावनाबारे
यि सबैभन्‍दा फरक, 
मैले त मनै मनले माया गरेको छु
अनि भावनाको सुन्‍दर फ्रेममा माया सजाएको छु ।
त्‍यसैले मेरो मायालाइ म बाहेक
अरू कसैले देखेको छैन 
र शायद बुझ्‍दैनन पनि 
मैले पनि अरूले जस्‍तै शब्‍दैशब्‍दको 
संजालले माया गर्न सक्‍थे होला,
कल्‍पनाको सुन्‍दर सपना बुन्‍न सक्‍थे होला 
तर 
मैले मायालाइ त्‍यति 
सस्‍तो र हलुंगो बनाउन चाहिन कि

शब्‍दको फोस्रो बखानले परिभाषित गर्न सकियोस
अनि ईन्‍द्रियहरूको भाषाले चुम्‍न सकियोस
त्‍यसैले तिमीलाई शब्‍द र शरिरले होइन
मनले माया गर्न चाहेको छु
यौवन, धन र सम्‍पतिले होइन
जिवनले माया गर्न मन लागेको छ ।
तर मैले चाहे जस्‍तो माया गर्न
यो संसार अनुकूल अनि पर्याप्‍त छैन
हाम्रो मायाको लागि कुनै अकै संसारको खांचो छ
किनकी यहां, सबै कुरा मात्र देखावटी अनि सिमित छ 
र यसैमा बाच्‍नु पर्ने बाध्‍यता पनि  ।
यहां, असंख्‍य माया गर्ने चाहना भएपनि
एउटा मुटु भन्‍दा बढी गर्न सकिन्‍न 
जति खुशी हांस्‍न परे पनि,
बत्तीस हिमशिखर भन्‍दा बढी हांस्‍न सकिन्‍न 
ब्‍यथा र पिडा रून मन लागे पनि,
दुइ आँखा भन्‍दा बढी रुन सकिन्‍न
अनन्‍त घुम्‍ने चाहना हुँदाहुँदै पनि, 
सिमित भूगोल भन्‍दा टाढा जान सकिन्‍न ।
त्‍यसैले, हाम्रो लागि एउटा छुट्‌टै संसार, 
सृजना गर्न मन लागेको छ 
जहाँ जात, भात र ठूलो सानोको मदभेद 
अनि अहंमता नहोस 
धनी गरीबको अस्‍वभाविक खिचातानी नहोस 
अनि कसैका आँखा र मुखले, 
कूदृष्‍टि अनि तुच्‍छ 
शब्‍दले बिष वमन गर्ने अवसर नपाउन्‌  
केवल
तिमी र म बाहेक अरु कोही नभएको संसार ।
मात्र 
तिम्रो अनि मेरो संसार
 

Advertisements

Entry filed under: रचनासंग्रह.

Breast Cancer गजल

2 Comments Add your own

  • 1. B.R.  |  May 18, 2007 at 2:13 pm

    cool!

  • 2. karna Bahadur Pun magar  |  December 25, 2011 at 11:52 pm

    kati ramro sunder kalpanako sansar ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

RSS अनलाइन खसखस

  • An error has occurred; the feed is probably down. Try again later.

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

May 2007
M T W T F S S
« Apr   Jun »
 123456
78910111213
14151617181920
21222324252627
28293031