गजल
September 1, 2009
सिमलको भुवा सरी मन उड्न थालेको छ
अर्थहिन जीवन देखी थकाइ लाग्न थालेको छ।
कहिल्यै नमेटिने भो चोट यो मनमा लागेको
सायद त्यसैले होला मन भाग्न थालेको छ।
स्वच्छ हृदयमा बास बस्न खोज्दा खोज्दै
आफैलाई छली अन्तै डेरा सर्न थालेको छ।
भन्ने गर्थे बुढापाकाले मनको कुनै भर हुन्न
बाध्यता र भोगाईले बिश्वास लाग्न थालेको छ।
गार्हो हुन्छ भन्थे जिउन मन मुटु छुट्टिएर
तिम्लाई छोडी यो मुटु फेरी डेरा खोज्न थालेको छ।
संजिता, चितवन
Entry Filed under: आगन्तुकको कलमबाट, गजल, रचनासंग्रह. .
3 Comments Add your own
Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed


1. DN Aryal | September 4, 2009 at 7:50 am
Man chhune Gajal …………… keep it on….
2. Khetraj | September 6, 2009 at 8:11 pm
Keep it up!
3. Ramesh | September 7, 2009 at 12:44 pm
gajal ramro cha……………………….best of luck.