मिर्गौला रोगबाट बच्न खाने सोडा खाने गरौ ।
July 19, 2009
सोडियम बाई-कार्बोनेट (खाने सोडा) को दैनिक प्रयोगले अप्रत्यासिक रुपमा मिर्गौला रोगी लाई फाईदा पुग्ने कुरा हाल सालै गरिएको एक बैज्ञानिक अनुसन्धानले देखाएको छ । हरेक बर्षा मिर्गौला दाताको अभावमा सयौको सन्ख्यामा मिर्गौला रोगीहरुको मृत्यु हुने गरेको तथ्यान्क हामीहरु सँग छ ।
कम बाइ-कार्बोनेट् (Metabolic Acidosis) स्तर भएका मिर्गौला रोगीहरुमा डाक्टरहरुले उक्त उपचार बिधी सुरु गरेका हुन । रोयल लन्डन हस्पिटल का अनुसन्धानकर्ता हरुले १३४ जना मिर्गौला रोगीहरुलाई दैनिक थोरै मात्रामा खाने सोडा लगातार १ बर्ष सम्म खुवाएर उक्त अनुसन्धान थालेका थिए ।
खाने सोडा दिइएको बिरामिहरुमा नखाने बिरामीहरुको तुलना मा मिर्गौलाले राम्रो काम गरेको निर्क्योल उक्त अध्ययन प्रतिबेदनले देखाएको छ ।
मिर्गौला रोगीहरुले मिर्गौला उपचारमा हुने उपचार पद्धती डायलासिस अनि मिर्गौला प्रत्यारोपण जस्ता अति खर्चालु उपचार बाट बच्न दैनिक सोडियम बाई-कार्बोनेट चक्की खानाले फाईदा पुर्याउने कुरा अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी ले जनाएको छ ।
हाम्रो देशमा पनि अहिले निक्कै मिर्गौलाका रोगीहरु देखिन थालेका छन। हाम्रो जस्तो देशमा यसको उपचार पद्धती अति महँगो र सर्वसाधारणको पहुच भन्दा बाहिर भएको हुँदा किन हामी पनि प्रयोग नगर्ने ? किन ढिला गर्ने ?
खाने सोडा जो हाम्रो बजारमा त्यती महँगो पनि छैन र सजिलै जताततै उपलब्ध हुने हुँदा आजै देखी यस्को प्रयोग थालौ र केहि हद सम्म भएपनी मिर्गौला रोग बाट बचौ र बचाउन मद्दत गरौ ।
2 Comments Add your own
Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed


1. हावा DE WIND | July 22, 2009 at 3:47 pm
रोचक जानकारी प्रस्तुत गर्नुभकोमा चीज जी लाई धन्यवाद
अनी ब्रो, नून संगै खाने सोडा पनि खान थालेपछि झनै बिगार त गर्दैन ? नून को साटो मा खाने भनेको हो कि ? कती मात्रा खाने होला ? खाने सोडा त अचेल धेरै जसो बजारको खाना, बेकरी, र बिस्कुट मा हालेकै हुन्छ नि …
फेरी प्रयोगसाला को अध्ययन र दैनिक जीवन मा फरक पनि त हुन्छ होला
2. राजेश बुढाथोकी | July 24, 2009 at 10:48 am
मलाई त सोडा हालेको खानाहरु मनै पर्दैन थियो । तपाईको यो टाँसोले बढो बहुमुल्य जानकारी दियो मलाई । अब खाने बानी बसाल्नुपर्छ होला । धन्यवाद टाँसोको लागि ।