पप सम्राट ज्याकसनको निधन

June 26, 2009

Michael_Jackson

‘पप सम्राट’ गायक माइकल ज्याक्सनको ५० वर्षको उमेरमा आज बिहान लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात बाट अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई ‘पप सम्राट’ पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए।

उनलाई युसीएलए मेडिकल सेन्टरतर्फ आपतकालीन उपचारका लागि लैजादै गर्दा  चिकित्सकहरुले स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे पुग्दा ज्याक्सनको श्वास रोकिसकेको जानकारी गराएको थियो।  स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो।

ह्रदयाघात हुनुको कारण सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन्।  चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो, तर आरोप प्रमाणित हुन सकेन।

आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरउनका फ्यानहरु अहिले उनको शोक मनाइरहेका छन्। मेरो पनि हार्दिक श्रद्दान्जली पप सम्राट माइकल ज्याक्सन प्रती………..

Bookmark and Share

Entry Filed under: Art, entertainment, world record, यताउता को कुरा. .

3 Comments Add your own

  • 1. rambabu  |  June 27, 2009 at 12:46 am

    ramro chha more information dine paryas garnus.

    r.b. crowne plaza ku8

  • 2. राजेश बुढाथोकी  |  June 27, 2009 at 4:00 am

    माइकलको निधनले यससँग जोडिएका व्यक्तिहरुमाभ ठूलो प्रभाव पारेछ । जस्तैसुकै भएपनि उनि विश्ल थर्काउने व्यक्ति थिए । समवेदना छ उनको समाधिमा ।

    जानकारीमूलक टाँसोको लागि धन्याबाद ।

  • 3. हावा DE WIND  |  July 22, 2009 at 3:49 pm

    RIP Michael

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


ब्लग भित्र खोज्नुहोस

नेपालको समय र तापमान

उपयोगी साईटहरु

कुन खबर हेर्न ?

छोटो बाटो जाने हो ?

सुन्ने, हेर्ने हो कि ?

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS The road to Nowhere goes everywhere….

RSS नेपाल प्लस

RSS हाम्रो ब्लग

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

RSS अनलाइन खसखस

मेरो पन्नाहरु

मेरो ढुकुटी

बिषय बर्गीकरण

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

June 2009
M T W T F S S
« May   Jul »
1234567
891011121314
15161718192021
22232425262728
2930