तन्द्रा
June 21, 2009

आशाहरु क्षीण हुँदै जाँदा
आकांक्षाहरु संकुचित हुँदै जाँदा
भावनाहरु बिस्तारै मेटिदै गए झै लाग्छ
तरंगहरु शिथिल भए झै लाग्छ
जीवनको बिविधताबाट,
आफुलाई अलग पाउछु
मानिसको भिड्मा,
आफुलाई एक्लो पाउछु
तथापी,
प्यासी नयन्
तिम्रो एक झलकको लागी भौतारिरहेको हुन्छ
थाहा छ,
हाम्रो सामिप्य दुर्लभ भैसकेको छ
तिम्रो संगीतमय स्वर कोलाहल मा बिलिन भैसकेको छ
तैपनी मन मान्दैन,
लाग्छ
तिमी वरपर नै छौ
हरदम तिम्रो उपस्थिती को आभास हुन्छ
पंक्षीको मृदुल स्वरमा तिम्रो आवाज गुन्जिरहेको भान हुन्छ
तन्द्रा बाट झल्यास्सँ ब्युँझन्छु,
स्वपनमहल क्षण भर मै चकनाचुर हुन्छ
पुन: एकांकीपनले सताउन थाल्छ
फेरी बिहानी हुन्छ,
अनी दिन….. निरस कठोर दिन…. उफ्…..
किन किन,
आजभोलि उज्यालो देखी डर लाग्न थालेको छ
मेरो लागी यो रात कहिल्यै नसिद्धिए हुन्थ्यो,
सपनामा जिउने बानी परेर होला,
मलाई रात प्यारो लाग्न थालेको छ ।
- रुपेन्द्र कर्माचार्य
रत्ननगर, चितवन
Entry Filed under: आगन्तुकको कलमबाट, कबिता. .
4 Comments Add your own
Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed


1. DN Aryal | June 23, 2009 at 4:48 pm
Tapain lai raat pyaro rahechha, malai bhane tapain ko tandra pyaro lagyo…….. very nice……………….
2. राजेश बुढाथोकी | June 24, 2009 at 2:05 am
‘तन्द्रा’ राम्रो लाग्यो । ब्लग पनि राम्रो लाग्यो ।
चीजु जी खै तपाईको छिमेकमा ”ब्लग लिष्ट”मा म छुइन त ? सम्बन्ध एकतर्फी मात्र हो ? मैले तपाईलाई एड गरिसकेँ ।
http://www.onlinekhaskhas.blogspot.com
3. Khetraj | June 24, 2009 at 8:15 pm
malai bhane tinai jana mitra haru dherai man pareko 6… rupendrajile yeti bhabanatmak rachana garnu bhayekoma, chijuji le yeslai aafno blogma rakhnu bhayekoma ra DN ji le comment lekhnu bhayekoma.
4. cheeju | June 28, 2009 at 10:20 pm
कमेन्टको लागी डि एन जी, मैनाली जी र राजेश जी लाई धन्यबाद । राजेशजी मैले पनि तपाईंलाई छिमेकिको लिस्ट मा राखिसके ।