मेरो गृहनगरमा कर्फ्यु, प्रदर्शनकारीको गोलीवाट मृत्यु

March 7, 2009

 dsc01727    dsc01730

तस्बीर सौजन्य- दिलिप श्रेष्ठ, चितवन

अपडेटसरकारले थारूलगायत आदिवासी, जनजाति सबैलाई सम्पूर्ण मधेश एक प्रदेश अन्तर्गत  मधेसीमा सूचीकृत  गरेको विरोधमा थारू समुदायका संघसंस्थाले तराईका २२ जिल्लामा अनिश्चितकालीन बन्द तथा प्रदर्शन शुक्रबार पाँचौं दिन पनि जारी राखेका छन् । थारू समुदायको बन्दले हिंसात्मक रूप लिएपछि चितवनको रत्ननगर क्षेत्रमा बिहीबार र शुक्रबार भएको झडपमा परी मृत्यु हुनेको सन्ख्या तीन पुगेको  छ । मृत्यु हुनेमा एकजना सशस्त्र प्रहरी र दुईजना आन्दोलनकारी रहेका छन् ।

शुक्रबार दिउँसो १:३० बजे हतियारधारी एक समूहको खुकुरी प्रहारबाट गढीमाइगढ भण्डारामा कार्यरत सिपाही कुमार बुढाथोकीको मृत्यु भएको छ । यसअघि प्रहरीको गोली लागेका बछौली-३ का १९ वषर्ीय कमल चौधरी र शक्तिखोर-५ का १७ वषर्ीय विपीन खड्काको उपचारको क्रममा मृत्यु भएको थियो । चौधरीको भरतपुरमा र खड्काको उपचारको क्रममा काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कफ्र्युको समयमा ‘सर्च’मा हिँडिरहेको सशस्त्र प्रहरी टोलीका दुईजनालाई हतियारधारी समूहले खुकुरी प्रहार गरेको थियो । आक्रमणमा परी प्रहरी हवल्दार प्रकाश केसी भने घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारार्थ हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।

मेरो गृहनगर चितवनको टाँडीमा थारु समुदायले गरेको वन्द खुलाउने क्रममा गएराती प्रहरी र प्रदर्शनकारीविच झडप हुँदा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्वी चितवन वछौली गाविसका १९ वर्षीय कमल चौधरी रहेका छन् । उनको कोखामा गोली लागेको चितवन प्रहरीले जनाएको छ । चौधरीको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
लगातार तीन दिनदेखि थारुले गरेको राजमार्ग वन्दले यात्रुहरुको जनजीवन अस्त व्यस्त भएपछि अवरुद्ध बाटो खुलाउने क्रममा प्रहरीले दर्जनौ अश्रु ग्यासका सेल प्रहार गर्नुका साथै हवाइ फायरिङ गरेको थियो ।

dsc01726

टाँडीमा कर्फ्यु

एक प्रदर्शनकारीको मृत्युपछि टाँडी क्षेत्रमा बढेको तनावलाई नियन्त्रणमा लिन प्रहरीले आज बिहान दशबजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । टिकौली जंगलदेखि मार्तल पुलसम्म राजमार्गको दायाँ बायाँ दुई किलोमिटर क्षेत्रमा कफ्यु आदेश जारी गरिकएको छ । आक्रोशित प्रदर्शनकारीले बिहानैदेखि प्रदर्शन र तोडफोड सुरु गरेपछि कर्फ्यु लगाउनुपरेको प्रशासनले जनाएको छ ।

पुर्वी चितवनको टाँडी, सौराहा चोक र वकुल्लहरमा गोली चलाउँदा प्रदर्शनकारी घाइते भएको थारु कल्याणकारीणी सभा चितवनका अध्यक्ष टिकेन्द्र चौधरीले जानकारी दिनु भयो । राती प्रदर्शनकारी पनि हतियारसहित आएकाले प्रहरीसँग दोहोरो झडप भएको प्रहरीको दावी छ ।

प्रहरीको गोली लागि १५ जना भन्दा वढी प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहुनेमा गोपाल चौधरी, दीलिप क्षेत्री, संजिव चौधरी, कञ्चन चौधरी, रविन्द्र चौधरी र सन्तोषी श्रेष्ठको मात्र परिचय खुलेको छ । बाँकी घाइतेको परिचय खुल्न सकेको छैन ।

घाइतेहरु अधिकांसको टाउको र छातीमा गोली लागेको छ । घाइते मध्ये ३ जनाको मेडिकल कलेज भरतपुर र अन्यको भरतपुर अस्पताल उपचार भइराखेको छ । केही प्रदर्शनकारीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।dsc01729

प्रदर्शनकारीको ढुङ्गा र इट्टा प्रहारबाट ५ सशस्त्र र १६ जना जनपथ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रदर्शनकारीलाई तीतर वितर पारी राती १० बजे राजमार्ग खुलाएपनि केही सवारी साधन मात्र गन्तव्यतर्फ लागेको स्थानियवासीले वताएका छन् ।
अन्य यात्रु तथा सवारी साधनहरु विच वाटोमै अलपत्र अवस्थामा रहेका छन् । अहिले पुर्वी चितवनको टाँडी, सौराहा चोक र वकुल्लहरमा प्रदर्शन भइरहेको छ ।
एकजना मृत्यु भएपछि प्रदर्शनकारी थप आक्रोशित बनेका छन् । थारुको बन्दका कारण आज पनि बिहानैबाट बजार, यातायात, शिक्षण संस्था सबै ठप्प रहेको छन् । यता थारुहरुले भने आन्दोलनलाई अझ कडारुपमा लैजाने वताएका छन् । दर्जनौ प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफतार गरेको उनीहरुको दावी छ ।

Entry Filed under: Nepal, आफनै कुरा, यताउता को कुरा. .

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


ब्लग भित्र खोज्नुहोस

नेपालको समय र तापमान

उपयोगी साईटहरु

कुन खबर हेर्न ?

छोटो बाटो जाने हो ?

सुन्ने, हेर्ने हो कि ?

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS The road to Nowhere goes everywhere….

RSS नेपाल प्लस

RSS हाम्रो ब्लग

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

RSS अनलाइन खसखस

मेरो पन्नाहरु

मेरो ढुकुटी

बिषय बर्गीकरण

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

March 2009
M T W T F S S
« Feb   Apr »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031