Archive for October, 2008
Face as music visualizer
Japanese artist/programmer/designer Daito Manabe attached some electrodes to his face and succeeded in making his facial muscles twitch along with a song:
Add comment October 31, 2008
आज भाईटिका, लौ तिहार पनि सकियो
आज यमपञ्चक को पाचौ तथा तिहार को अन्तीम दिन अर्थात आज भाइटिका ।
दिदी बहिनी हरुले आफ्नो दाज्यु भाइलाई निधार मा सप्तरङी टिका अनि कहिले पनि नओइलाउने मखमली फूलको माला गलामा लगाइदिई यमराज सँग लामो आयु को कामना गर्दै लगाइदिने चलन छ । भन्निन्छ आजको दिनमा यमराजले कसैलाई पनि यमलोक लादैन रे !
यमुना ले आफ्नो दाज्यु यमराज लाई आजैको दिन कसैको पनि ज्यान नलिने बाचा गराइ टिका लगाइ दिएको पौराणिक किम्बदन्ती मा लेखिएको पाइन्छ । त्यसैले पनि भाईटिका को ठुलो महत्व रही आएको हो ।
खै यसपाली पनि आफ्नो निधार त रित्तै हुने भयो, मेरो निधार खाली भएपनी तपाईहरु चाही खाली नराख्नु नि! दिदी बहिनी लाई टन्न कोशेली दिन नभुल्नु नि फेरि………..
लौ त हेर्दा हेर्दै तिहार पनि कत्ती छिटो हाम्रो घर आगनमा आएर पनि बिदा लिने सुर्-सारमा छ । देउसी भैलो कत्तिको खेल्नु भो कुन्नी ? जे होस रमाइलो गरेर मनाउनु भयो भन्ने सोचेको छु, लौ त अहिले लाई बाई बाई ……….
Add comment October 30, 2008
आज गोवर्धनपूजा तथा नेपाल सम्बत ११२९
आज यमपञ्चक को चौथो दिन अर्थात आज गोवर्धनपूजा, कसैले यसलाई गुरुपूजा पनि भन्ने गर्छन ।
महाभारत कालमा भगवान श्रीकृष्ण ले गोवर्धन पर्बतलाई हातले उठाएर आफ्नो भक्तहरु र गाईहरुलाई ठुलो बिपत्ती (बाढी) बाट बचाएको आजकै दिन परेकोले उनैको सम्झनामा यो पूजा परापूर्वकाल देखी मनाउदै आइरहेका छौ ।
त्यस्तै आज नेवार समुदायमा स्व्यमको (म्ह) पूजा गर्ने चलन पनि छ । र आजै नेपालको आफ्नै सम्बत को नया बर्ष पनि परेको छ आज बाट नेपाल सम्बत ११२९ लागु हुँदैछ र यो हाम्रो आफ्नै देशको सम्बत भएकोले पनि यसले यसै बर्ष देखी सरकारी मान्यता पाएको छ । सम्पूर्ण नेपाली हरुलाई नया नेपाल सम्बत ११२९ को बधाई तथा हार्दिक मंगलमय शुभ-कामना ।
न्हु द ११२९ या लसताय सकल नेपामी पिन्त दुन नुगले निसी भिन्तुना .
Add comment October 29, 2008
आज लक्ष्मीपूजा! घर झिलिमिली पार्नुस है त
आज यमपञ्चक को तेस्रो दिन अर्थात आज लक्ष्मीपूजा, तिहारको सबै भन्दा महत्वपूर्ण दिन पनि हो ।
आजको दिन बिहान गाईलाई धनको प्रतिक को रूपमा पूजा गरिन्छ र बिशेष गरी साझ धनधान्यकी देवी माता लक्ष्मी को पूजा गर्ने गरिन्छ ।
सबैले आ-आफ्नो घर गल्ली चोक सफा सुग्घर गरिसके पछी गाईको गोबरले लिपपोत गरिन्छ । साझ घर लाई चारै तिरबाट दियो बालेर झिलिमिली पार्न चलन छ , बत्ती नबलेको घरमा माता लक्ष्मी ले बास गर्दिनन रे त्यसैले पनि घर को हरेक ठाउमा बत्ती बालिन्छ ।
घरका हरेक झ्याल ढोका मा दियो बालिन्छ, आजको दिनमा साझमा घरको ढोका खोलेर राखिन्छ ता कि धन कि देवी लक्ष्मी यही बाटो भएर पूजा कोठा सम्म पुग्न गार्हो नहोस ।
अमुल्य गर- गहना, प्राचीण मुद्रा लगायत बहुमुल्य धातुहरुको पूजा गर्ने चलन पनि रही आएको छ । अधिक आवस्यक परिस्थिती बाहेक यी सामान हरु लाई अत्यन्त सुरक्षित राख्न परम्परागत बाकस (सन्दुक) मा राख्ने गरिन्छ जुन बाकस एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्दै ल्याईन्छ पनि ।
सम्पूर्ण पुजा सके पछी घरका सदस्यहरु मनोरन्जन को लागी कोही तास,कोही लङूर बूर्जा त कोही कौडी खेल्ने गर्छन । आजको दिनमा खेलिने जुवा तास लाई कानून बिपरीत मानिदैन त्यसैले पनि जताततै खेलेको हेर्न पाईन्छ ।
तिहारको सबै भन्दा रमाइलो दिन भनेकै आजै हो, मलाई सार्है नै मन पर्ने दिन पनि हो, देउसी खेल्दा निक्कै रमाइलो लाग्छ ।
ए भन भन भाई हो देउसी रे ।
ए राम्ररी भन देउसी रे,
ए स्वर मिलाई कन देउसी रे…..
त्यस्तै, भैलेनी टोलिहरुको
ए भैलिनी आईन आगन
गुन्यू चोली मागन
हे औसी को दिन
गाई तिहार भैलो……
यसपाली को तिहार पनि त्यसै जाने भो मेरो, तपाईंहरु चाही रमाइलो सँग मनाउनुस है ?
Add comment October 28, 2008
आज कुकूर तिहार
आज यमपञ्चक को दोस्रो दिन अर्थात कुकूर तिहार ।
कुकूर मानिस को एक असल साथिको रूपमा जताततै चिनिन्छ र बिशेष गरी घरमा पहरेदारको रुपमा पाल्ने पनि गरिन्छ । किम्बदन्ती मा उल्लेख गरिए अनुसार यमलोक मा यमराजको दरवार को गेटमा कुकूरले नै सुरक्ष्या दिने गर्छन रे, फेरी यसलाई बिनाशको देवता भैरव को बाहन को रुपमा मान्नेपरम्परा छ भन्दा फरक नपर्ला ।
आज को दिन कुकूरलाई टाउकोमा रातो पहेलो टिका लगाइदिएर घाटीमा रंगीचंगी फूलको माला पहिल्याएर पूजा गर्ने चलन रही आएको छ । आजै को दिन मा मिठी मिठो भोजन गराउने गरिन्छ त्यसैले त आजको दिन कुकूर को जुनी मा ठुलो मानिन्छ ।
हामी ले घरमा कुकूर पाल्नु को पनि अर्थ छ, घरको चौकिदारी गर्ने र आइपर्ने आपत बिपत को सुचना, खबरदारी गराओस भनेर पाल्ने गर्छौ हैन त ?
1 comment October 27, 2008
आज काग तिहार! सबैलाई तिहारको शुभ कामना
तिहार हामी हिन्दू धर्माव्लम्बी हरुको दशै पछी को अर्को महान चाड हो । आज देखि तिहार पनि लाग्यो ।
यो चाड, रङ र बत्तीहरुको उत्सव भन्दा फरक नपर्ला किनभने यो अवधी भर हरेक को घर बिभिन्न रङ अनि आकर्षक झिलिमिली बत्तीले सजिएको अनि रङिएको हुन्छ । के गाउ के शहर, जताततै बत्तीको उज्यालोले स्वर्गको आभास गराउदछ । बिषेश गरी यो चाडमा धनकी देवी लक्ष्मी को पूजा आजा गरी मनाइन्छ ।
तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ, यमराज लाई यो पाच दिन सम्म बिभिन्न रुपमा पुजा गरिने हुनाले पनि यमपञ्चक भन्ने गरिएको हो । कसै कसैले यो चाडलाई सुख अनि समृद्धी को रुपमा पनि मान्ने गर्छन ।
आज यमपञ्चक को पहिलो दिन अर्थात आज काग तिहार । आजको दिन सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ ।
परापूर्व कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।
यो तिहार सम्बन्धी एउटा रोचक किम्बदन्ती यहाँ राख्दै छु, किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ?
कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन् ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने ।
जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(तेलको बत्ति) बालेर राख्न सुझाव दिइयो र त्यसै अनुसार चारैतिर दियो पनि बालियो, ता की माता लक्ष्मीले नाग सँग परामर्श गरी राजालाई अभय दान दिन बाध्य होस । त्यस्तै नै भयो पनि, जब यमराजले नागलाई खोइ त राजालाई किन यमलोक नल्याएको भन्दा समयनै नपुगी कसरी ल्याउनु? नागले भनेछन ।
यमराजले आफ्नो बहीखाता खोलेर हेर्दा राजाको आयु त अझै ७० बर्ष बाकी देखेछन, भएको के रहेछ त भन्दा खातामा राजाको आयु शुन्य (०) बर्ष लेखिएको रहेछ र नाग बाठो भएर शुन्यको अघिल्तिर ७ थपिदिएका रहेछन जस्ले गर्दा राजा थप ७० बर्ष बाचेछन । त्यहाँ उप्रान्त यसैको खुशियालीमा आज पनी जताततै दियो बालेर लक्ष्मी माता को पूजा गर्ने चलन रहदै आएको रे । तिहार लाई कसैले कतै दीपावली पनि भन्ने गर्छन ।
मेरो तर्फ बाट पनि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बस्नु हुने समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा सुख, शान्ती, समृद्धी एवम उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।
Add comment October 26, 2008
पहिलो बार्षिक पुण्य तिथी
समय बित्न कत्ती पनि बेर लाग्दो रहेनछ, हिजो मात्र जस्तो लागेको थियो हेर्दा हेर्दै एक बर्ष बितेको पत्तै भएन । आज छोरी एलिना हामी बाट टाढा भएको पनि बर्ष दिन पुगेछ । आज पहिलो बार्षिक पुण्य तिथि, खै आफु त परदेशमा परियो के के गर्नु पर्ने हो थाहा पनि छैन ।
घरमा मृतआत्माको चिर शान्तीको लागी लाखबत्ती बाल्ने रे भन्ने सुनेको छु, सबै आफन्त हरु अहिले घरमा आइसकेको हुनु पर्छ । आज भने सबै सँग टाढिएको महसुस गर्दैछु म, के गर्ने ? आफ्नो त कर्म नै उस्तो
लेख्न पर्ने त थुप्रै कुरा हरु छन तर समयको अभावले खै के भनु…………..
पछी भने अवस्य लेख्ने छु, आज लाई भने…
छोरी एलिना परलोक भएको आज पहिलो बार्षिक पुण्य तिथिमा मृतात्माको चिर शान्तीको कामना गर्दछु ।
2 comments October 25, 2008
Attention!! Coffee Can Shrink Your Breasts
Ladies, please note — drinking coffee in moderation may be okay, but downing more than three cups daily can shrink the size of your breasts, a new study has revealed.
Researchers in Sweden have carried out the study and claimed that women who take more than three cups of the caffeine-fueled drink a day could see their bra size drop, the ‘Daily Star’ reported.
Tests by cancer researchers found half of all women have a gene linking breast size to coffee intake.
Nearly 300 women were quizzed but Helena Jernstroem, of Lund University, said women should not worry too much. (more…)
Add comment October 24, 2008
Chandrayaan-1 successfully lunch into space
With the countdown beginning for India’s maiden unmanned moon mission launch Chandrayaan-1 is an unmanned lunar exploration mission by the Indian Space Research Organisation (ISRO), India’s national space agency. The mission includes a lunar orbiter as well as an impactor. The spacecraft was launched by a modified version of the Polar Satellite Launch Vehicle yesterday (on 22 October 2008).
The remote sensing satellite weighs 1,308 kilograms (2,884 lb) (590 kilograms (1,301 lb) initial orbit mass and 504 kilograms (1,111 lb) dry mass) and carries high resolution remote sensing equipment for visible, near infrared, soft and hard X-ray frequencies. Over a two-year period, it is intended to survey the lunar surface to produce a complete map of its chemical characteristics and 3-dimensional topography. The polar regions are of special interest, as they might contain water ice.
1 comment October 23, 2008
Yeti footprint discovered by Japanese team
The team of Japanese adventurers say they have discovered footprints they believe were made by the legendary yeti said to roam the Himalayan regions of Nepal and Tibet.
“The footprints were about 20 centimetres (eight inches) long and looked like a human’s,” Yoshiteru Takahashi, the leader of the Yeti Project Japan, told AFP in Kathmandu on Monday. (more…)
Add comment October 23, 2008








