ह्याप्पी बर्थ डे टु मी
November 20, 2007
समय, ऋतु अनि काल परिवर्तनशील छ र यो क्रम अनन्त देखी निरन्तर चल्दै नै आइरहेको छ, चलिरहन्छ पनि ।
मिलन, बिछोड, सुख अनि दुख यो पनि मानिसको जीवनमा सँग सगै छाया बनी हिडेकै हुन्छ, आफ्नो जीवन सुखमय बनाउन उ दिन रात मिहेनत गर्छ ।
इच्छा र चाहना सबैको हुन्छ, फरक केवल यती हो कसैमा धेरै हुन्छ त कसैमा अलि कम । भनेको जस्तो नपाए पछी, या त उ परदेशीन पुग्छ नत्र आफ्नो चाहना पूरा गर्न उ गलत बाटो पनि रोज्न पुग्छ । समय न हो, कस्लाई के थाहा ?
हो, म पनि त्यही समय को भुमरी मा परेर आज परदेशिएको हु । परदेशिनु को पीडा सायद परदेशिएका हरुलाई मात्र थाहा हुन्छ । अर्काको देशमा आफुले खोजेको जस्तो सबै चाहना अनि स्वतन्त्रता कहिले पनि पाउदैन, पाउछ त केवल केहि रकम मात्रै । बदलामा उसले आफन्त, साथी अनि आफन्तको माया बाट बन्चित हुन्छ ।
हुन त केहि पाउन केहि त गुमाउनु नै पर्छ, मैले पनि यो परदेशी जीवन मा धेरै कुरा गुमाएको छु । सबै कुरा लेखेरै पनि सकिन्न र कतिपय कुराहरु त आफ्नो मुटु भित्र लुकाउनु पर्ने बाध्यता पनि हुन्छ ।
खैर, यी सब कुरा गरेर के पो हुन्छ र अब, समय बलवान छ जो बिती सक्यो, फर्केर आउने वाला छैन । र यसबाट कोही पनि अछुतो रहन पनि सक्दैन ।
जीवनको धेरै बसन्त हरु पार गरिसके अनि देखी र भोगी सके पनि । मैले कुनै यसमा उत्सव मनाउनु पर्छ भन्ने ठान्दिन, यो त हरेक बर्ष आउछ अनि जान्छ । किन म आफ्नो आयु हरेक बर्ष कम भएकोमा खुशी मनाउने ?
आ-आफ्नो कुरा हो, जन्मदिन मनाउने हरु सँग मेरो कुनै गुनासो पनि होईन यो । मलाई मनमा लागेको कुरा मात्र पोख्ने प्रयास गरेको हु ।
सन्योगवस आज मेरो जन्म दिन रैछ भर्खरै मात्र मोबाईल को स्याडुअल आलार्म बजेर मात्र थाहा पाए । जे होस
ह्याप्पी बर्थ डे टु मी……….
Entry Filed under: आफनै कुरा. .
3 Comments Add your own
Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed


1. dai | November 22, 2007 at 8:05 am
happy birthday bhai
i dont remember anyone’s birthday, even mine too, cze i dont have nepali calander.
after ur birthday i think now it is my turn
ur loving dai
pardesh bata
2. Khet | November 22, 2007 at 10:06 pm
happy birth day to you.
3. dilip | February 15, 2008 at 9:58 am
la be lated happy birthday to u friend.