Archive for April, 2007
गजल
यहां वहां धेरै डेरा सरिसकें प्रिया
कति धन तिम्रै निम्ित छरिसकें प्रिया
प्रतिक्षामै बिते मेरा कयौ रातहरू
धेरै मायाका जंघार तरिसकें प्रिया
पखि्र्रहे एकान्तमा आउछ्यौ कि भनी
गरु के म दोधारमा परिसकें प्रिया
प्यासी किनार झै नहोस् है माया हाम्रो
सागर धेरै नै पार गरिसकें प्रिया
नतड्पाउ ’चीजु’ को दिललाइ फेरि
धेरै चोटी तिम्रोलागी मरिसकें प्रिया
Add comment April 29, 2007
चुरे भावर एकता समाजको बन्द आब्हान
२८ अप्रिल, २००७ । चुरे भावर एकता समाजले आब्हान गरेको अनिश्चितकालीन बन्दका कारण आज पनि तराइका ११ जिल्लाको जनजीवन प्रभावित छ । आज चितवनको रत्ननगरमा समाजद्वारा निकालिएको र्यालीले बजार परिक्रमा गर्यो।
बजारका प्रायजसो सबै पसलहरु बन्द देखिन्थ्यो र जनजीबनमा बन्दको प्रभाव परेको देखिन्थ्यो।
त्यसै गरी सर्लाहीमा समाजका कार्यकर्ता र प्रहरीविच भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन । झडप पछि त्यस क्षेत्रका जनजीवन अशान्त भएको छ । बन्दले तराइका धनुषा, र्सलाही, रौतहट, बारा, पर्सा लगायतका जिल्ला बढी प्रभावित भएका छन् ।
Add comment April 29, 2007
ब्लग मा नेपाली लेख्ने प्रयास
धेरैअघि देखिको मेरो ब्लग लेख्ने प्रयास……, जारी नै थियो
तर समयले साथ दिएको थिएन भन्दा पनि हुन्छ।
परदेशमा समय निकाल्न गारै हुदो रहेछ। फेरि मलाइ ब्लग लेख्ने प्रक्रियाको त्यति धेरै ज्ञान पनि त छैन,
यसबारे ज्ञान भएका साथीहरुको पनि कमी नै थियो यहाँ, त्यसैले पनि ब्लग लेख्ने दौडमा पछि नै परियो।
ढिलै भएपनि यहांसम्म आइ पुग्न मलाइ निकै मिहेनत लाग्यो त्यसैले पनि …….
जे जस्तो भए पनि, मैले प्रयास भने जारी नै राख्नेछु मेरो परिस्िथती लाइ बुझ्नु नै हुनेछ।
यहांहरुको मनोरन्जनको लागि एउटा गीत राखेको छु, कृपया तलको बक्समा क्िलक गर्नु होस्।
धन्यबाद !
Add comment April 23, 2007
Nepali New Year 2O64
Sarvapratham ta Naya Barsa 2o64 ko upalakkshyamaa haardik mangalmaye suva-kaamanaa. Yeso naya barsa ko suru baata kehi naya kura ko suruwaat garu ki bhanera blog lekhne jamarko gareko chhu. Nepal chhodeko pani aba 2 barsa poora bhaisakechha, hijo maatra jasto laagchha. Yo Bideshi bhumi maa aayera pani aafno janmabhumi laai kahile bhulma sakina ra sakdina pani, sadhai sadhai yo mutu bhitra sangaaleya raakheko chhu. Tyeha bitaayeka pal haru ani sathi sangee haru sabai laai ekdumai miss gareko chhu.
K garney? bideshinu parney baadhyeta pani achchambha ko hudo raichha, maile yesari aafno desh mero maatri bhoomi chhodnu parlaa bhanera kahile sapanaa maa pani socheko thiyeena, desh ko political situation pani ali gatilo navayera pani ho , thikkai chha yestai raichha ta karma maa lekheko , taarera kaha taarna sakinchha ra? hoina ta……
3 comments April 14, 2007


